नोबेल मेडिकल कलेजमा तोडफोडपछि विद्यार्थी संगठनले गरे तालाबन्दी

विराटनगर : एमबिबिएस प्रथम वर्षका विद्यार्थीको पक्षमा समर्थन जनाउन गएका विभिन्न विद्यार्थी संगठनका नेता तथा कार्यकर्ताले नोवेल मेडिकल कलेज तोडफोड गरेका छन्।अतिरिक्त शुल्क विवाद कायम रहेको विराटनगरस्थित नोवेल मेडिकल कलेजमा बुधबार विद्यार्थीको समर्थनका लागि पुगेका विद्यार्थी संगठनहरूले नोवेलको मूल द्वारमा तोडफोड गरेका हुन्।अतिरिक्त शुल्क नबुझाएको भन्दै नोवेल मेडिकल कलेजले ८० जना हाराहारी विद्यार्थीलाई दुई सातादेखि कक्षा प्रवेशमा रोक लगाएको छ।ती विद्यार्थी यतिवेला कक्षा प्रवेशका लागि आन्दोलनरत छन्।&

सम्बन्धित सामग्री

अखिलको नाममा युवा संघले आक्रमण गर्दा नेविसंघका २ जना घाइते

धनकुटा : धनकुटा बहुमुखी क्याम्पसमा बिहीबार विद्यार्थीहरूबीच झडप हुँदा २ जना घाइते भएका छन्। क्याम्पसमा आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको चुनाव लक्षित गरि एमालेनिकट अनेरास्ववियुले विद्यार्थी भर्ना गराउँदा नेपाली कांग्रेसनिकट नेविसंले तालाबन्दी गर्न खोजेपछि २ विद्यार्थी समूहबीच झडप भएको हो। झडपमा नेपाल विद्यार्थी संघ क्याम्पस इकाई सभापति सुवास भण्डारी र सचिव युवराज कार्की घाइते भएका हुन्। घाइते भएका भण्डारीको नोबेल मेडिकल कलेज विराटनगरमा र कार्कीको धनकुटा जिल्ला अस्पतालमा उपचार भइरहेक...

नोबेल मेडिकल कलेजमा तालाबन्दी

नोबेल मेडिकल कलेज विराटनगरले अतिरिक्त शुल्क नबुझाउने एमबीबीएसमा भर्ना भएका नयाँ विद्यार्थीलाई कलेज प्रवेशमा रोक लगाएको विरोधमा विद्यार्थी संगठनहरूको सहयोगमा पीडित विद्यार्थीहरूले बुधबार तालबन्दी गरेका छन् ।

नोबेल मेडिकल कलेजमा तालाबन्दी

अतिरिक्त शुल्क विवादमा आन्दोलनरत विद्यार्थीले आज विराटनगरस्थित नोबेल मेडिकल कलेजमा ताला लगाएका छन् । एमबीबीएस प्रथम वर्षका विद्यार्थीको आन्दोलनमा समर्थन जनाउन नोबेल मेडिकल कलेज पुगेका विभिन्न विद्यार्थी संगठनका नेता कार्यकर्तासहितको टोलीले ताला लगाएको हो ।अतिरिक्त शुल्क नबुझाएको भन्दै नोबेल मेडिकल कलेजले ८० जना हाराहारीमा विद्यार्थीलाई दुई सातादेखि कक्षा प्रवेशमा रोक लगाएको छ । ती विद्यार्थी कक्षा प्रवेशका लागि आन्दोलनरत छन् । तिनै विद्यार्थीको समर्थनका लागि पुगेका विद्यार्थी संगठनहरुले नोबेलको