सत्ता साझेदार दलको बैठक बालुवाटारमा जारी

काठमाडौँ– प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पाँच दलीय सत्ता गठबन्धनका तर्फबाट सिट बाँडफाँड गर्ने सम्बन्धमा छलफल गर्न शीर्ष नेताको बैठक बालुवाटारमा जारी छ । बैठकले पाँच दलीय कार्यदलले गृहकार्य गरी पठाएको प्रतिवेदनमा छलफल गरी अन्तिमरुप दिने विश्वास गरिएको छ । प्रतिनिधिसभातर्फको सिट बाँडफाँड अन्तिम चरणमा पुगेको प्रतिवेदन कार्यदलले दिएको र त्यसकै आधारमा प्रदेशसभातर्फको पनि अन्तिमरूप पाउने […]