बागमती प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित

बागमती प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगन भएको छ । बैठक फागुन १६ गते सोमबारका लागि तय गरिएको थियो ।  प्रदेशसभा सचिवालयले आज यहाँ सूचना जारी गर्दै विशेष कारणवश बैठक स्थगन गर्नुपरेको जनाएको छ । यस्तै आज दिउँसो १ बजेका लागि  तय भएको कार्यव्यवस्था परामर्श समितिको बैठक पनि स्थगन भएको  प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए । यही फागुन ४ को सर्वदलीय बैठकपछि सभामुख सानुकुमार श्रेष्ठले सोमबारका लागि बैठक आह्वान गरेका थिए ।

सम्बन्धित सामग्री

बागमती प्रदेशसभा बैठक साउन ५ गते बस्ने

बागमती प्रदेशसभा बैठक साउन ५ गते बस्ने भएको छ । प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले साउन ५ गते दिउँसो १ बजेका लागि बैठक आह्वान गरेका हुन् । प्रदेशसभा बैठक गत असार २९ गते ५ वटा अध्यादेश पास गरेर अनिश्चितकालका लागि स्थगित गरिएको थियो ।संसद् चल्न नसकेको अवस्थामा सरकार संचालन र दैनिक काम कारवाहीका लागि ल्याइएको विभिन्न ५ अध्यादेश स्वीकृत गरेर अनिश्चित कालका लागि स्थगित गरिएको बैठक पुनः साउन ५ गतेका लागि आह्वान गरिएको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए ।उक्त बैठकमा सरकारले ल्याए

बागमती प्रदेशसभा बैठक : ५ अध्यादेश पास गरेर अनिश्चितकालका लागि स्थगित

बागमती प्रदेशसभाको बैठकले ५ वटा अध्यादेशलाई स्वीकृत प्रदान गरेको छ । आज दिउँसो १ बजेका लागि आह्वान गरिएको प्रदेशसभाको बैठक एकघण्टा ढिलो गरी बसेको थियो । उक्त बैठकले ‘प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’, ‘स्थानीय तहका सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’, ‘विभूषण सिफारिस तथा सम्मान र पदक सम्बन्धी ऐन,२०७६ लाई संशोधन गर्न बनेको अध्यादेश’, ‘मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्

बागमती प्रदेशसभा बैठक दिउँसो १ बजे

मकवानपुर । बागमती प्रदेशसभाको चालु दशौँ अधिवेशनको २५औँ बैठक आज बस्दै छ । गत असार १६ गते आगामी आर्थिक वर्षको बजेट पारित भएसँगै अनिश्चितकालका लागि स्थगित गरिएको प्रदेशसभा बैठक आज बस्न लागेको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले आज दिउँसो १ बजे बस्ने गरी सबै सांसदलाई सूचना जारी गरिसकेको प्रदेशसभा सचिवालयका प्रमुख […]

बागमती प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित

हेटौंडा : बागमती प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले मंगलबार बसेको प्रदेशसभाको बैठकमा अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित भएको बताएका हुन्।मंगलबार बसेको प्रदेशसभा बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद शर्मा खनालले पेस गरेको ३ वटा विधेयक विषयगत समितिमा पठाउने प्रस्ताव पारित गरेको छ।खनालले पेस गरेको प्रदेश विपद् व्यवस्थापन ऐन,२०७५ लाई संशोधन गर्न बनेको विधेयक, प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन,२०७५ लाई संशोधन गर्न बनेको व

बागमती प्रदेशसभा बैठक फागुन २९ गते

मकवानपुर-  बागमती प्रदेशसभा बैठक फागनु २९ गते बस्ने भएको छ । प्रदेशसभा सचिवालयले आज सूचना जारी गर्दै यसबारे जानकारी गराएको हो । करिब साढे दुई महिनादेखि बस्न नसकेको प्रदेशसभाको बैठक आह्वान गरिएको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए । यसअघि फागुन १६ गतेका लागि बोलाइएको बैठक प्रदेशसभा सचिवालयले अनिश्चितकालका लागि स्थगित भएको जनाएको थियो […]

बागमती प्रदेशसभा बैठक फागुन २९ गते बस्ने

बागमती प्रदेशसभा बैठक फागुन २९ गतेका लागि आह्वान गरिएको छ । करिव साढे दुई महिनादेखि बस्न नसकेको प्रदेशसभाको बैठक पुनः आह्वान गरिएको हो । प्रदेशसभा सचिवालयले बुधबार दिउँसो एक सूचना जारी गर्दै फागुन २९ गतेका लागि बैठक आह्वान गरेको हो । बैठक दिउँसो १ बजेका लागि आह्वान गरिएको छ ।यसअघि फागुन १६ गतेका लागि बोलाइएको बैठक प्रदेशसभा सचिवालयले अनिश्चितकालका लागि स्थगित भएको जनाएको थियो । सदनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको निरन्तरको अवरोधका कारण गत पुस ८ गतेदेखि प्रदेशसभाको बैठक बस्न सकेको छैन । गत फ

बागमती प्रदेशसभा बैठक २९ फागुनमा बोलाइयो

हेटौंडा : बागमती प्रदेशसभाको बैठक फागुन २९ गते बस्ने भएको छ। प्रदेशसभा सचिवालयले बुधबार सूचना जारी गर्दै प्रदेशसभा बैठक फागुन २९ गते दिउँसो १ बजे बस्ने जनाएको हो। यसअघि गएको १६ गते सोमबारका लागि बोलाइएको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको थियो।प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोधका कारण दुई महिनादेखि प्रदेशसभा बैठक बस्न सकेको छैन। एमालेले सरकारले गरेको मन्त्रालय विभाजन,योजनाहरु कटौती लगायतको कुरामा औचित्य पुष्टि गर्दै चित्तबुझ्दो जवाफ दिनुपर्ने माग गर्दै संसद चल

बागमती प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित

मकवानपुर, १५ फागुन: बागमती प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगन भएको छ । बैठक फागुन १६ गते सोमबारका लागि तय गरिएको थियो । प्रदेशसभा सचिवालयले आज सूचना जारी गर्दै विशेष कारणवश बैठक स्थगन गर्नुपरेको जनाएको छ । यस्तै आज दिउँसो १ बजेका लागि तय भएको कार्यव्यवस्था परामर्श समितिको बैठक पनि स्थगन भएको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि […]

के हो बागमती प्रदेशको बजेट विवाद ?

हेटौंडा :   बागमती प्रदेशसभा बैठक प्रतिपक्षी दलको अवरोधपछि अनिश्चितकालका लागि स्थगित भएको छ।प्रदेश सरकारले ल्याएको बजेटमा असहमति जनाउँदै प्रतिपक्षी दलले दुई दिनसम्म अवरोध गरेपछि संसद बैठक अनिश्चितकालका लागि स्थगित भएको हो। सत्तापक्षबाटै पनि बजेटप्रति असन्तुष्टिको आक्रोश खेपेको प्रदेश सरकारले बजेटलाई सच्याएर नल्याए संसदबाट पास नहुने सम्भावना छ।एमालेकै खनाल-नेपाल समूहलाई रुझाउन नसकेको सरकारले सोमबार बिहान प्रदेशका सबै दलको सांसदहरूलाई बजेटमा रहेको विद्युतीय बसबारे बुझाउने प्रया

बागमती प्रदेशसभा बैठक फेरि स्थगित

मकवानपुर : बागमती प्रदेशसभाको आजदेखि सुरु हुने भनिएको बैठक सूचना टाँस गरी अनिश्चितकालका लागि स्थगित गरिएको छ। सभामुख सानुकुमार श्रेष्ठले निकालेका सूचना बुधबार बिहानै टाँसिएको हो।मुख्यमन्त्री डोरमणि पौडेलविरुद्घ अविश्वासको प्रस्ताव दर्ता गराएको प्रचण्ड–माधव समूहले प्रदेशसभा बैठक बोलाउन दबाब दिएपछि आजका लागि बैठक तय गरिएको थियो। यसअघि गत माघ १९ गतेका लागि तोकिएको बैठक पनि अघिल्लो राति सूचना जारी आज फागुन ५ गतेसम्मका लागि स्थगित गरिएको थियो। बैठक बुधबार दिउँसो २ बजेका लागि बोलाइएको थियो।मुख्य