ओली भेट्न देउवा बालकोटमा

काठमाडौं, १३ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवा बालकोट पुगेका छन् । उनी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पुगेका हुन् । भेट एमसीसी सदनबाट अनुमोदन गर्ने विषयमा केन्द्रित भएको बुझिएको छ । भेटमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी छन् । यसअघि देउवा र ओलीबीच बालकोट, बालुवाटार बानेश्वरमा गरी विभिन्न चरणमा भेटवार्ता भइसकेको छ ।-File […]

सम्बन्धित सामग्री

ओली भेट्न बालकोट पुगे प्रचण्ड र देउवा

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन्।सोमवार बिहान दाहाल र देउवा ओलीलाई भेट्न ओली निवास बालकोट पुगेका हुन।अध्यक्ष ओली अस्वस्थ भएको र संक्रमणकालीन न्याय सम्बन्धी विधेयकहरु संसदमा अघि बढाउने विषयमा सहमतिका लागि प्रओली निवास बालकोटमा गएका हुन्।

किन ड्रेसको रङ्ग मिलाएर देउवा भेट्न बालुवाटार पुगे ओली

काठमाडौं, ८ भाद्र । शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि दोस्रोपटक भेट्न बालुवाटार पुगे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली । आफ्ना दुई विश्वासपात्रहरु सुवास नेम्वाङ्ग र विष्णु पौडेललाई लिएर पुग्दा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पहिल्यै बालुवाटार पुगिसकेका थिए । देउवा भेट्न जाँदा ओली नीलो कोट र पाइन्टमा थिए । देउवा पनि गाढा नीलो कोटमै थिए । ओली […]

देउवालाई भेट्न बालुवाटार पुगे ओली

काठमाडौं, भदौ ८ ।  प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन्। ओली केहीबेरअघि बालुवाटार पुगेका हुन्। प्रधानमन्त्रीले भेट्न बोलाएपछि ओली बालुवाटार गएको उनको सचिवालयले जनाएको छ। प्रधानमन्त्री देउवा र ओलीबीच पछिल्लो समसामयिक राजनीतिका बारेमा छलफल भएको बताइएको छ। file photo

ओली भेट्न फेरि बालकोट पुगे देउवा

प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा एमाले अध्यक्ष केपी ओलीलाई भेट्न फेरि बालकोट पुगेका छन् । केहिबेर अघि सूचना तथा संचार मन्त्री ज्ञानेन्द्र बहादुर कार्की, कांग्रेसका महामन्त्री गगन थापा, नेता पूर्णबहादुर खड्कासहित...

ओलीलाई भेट्न प्रधानमन्त्री देउवा बालकाेटमा

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न ओली निवास बालकाेट पुग्नुभएको छ ।  अमेरिकी सहयाेग एमसीसी सम्झौता संसदबाट पारित गर्ने विषयमा दलहरूबीच विवाद भइरहेका बेला प्रधानमन्त्री देउवा सहमति जुटाउनका लागि प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष ओलीलाई भेट्न बाल्कोट पुग्नुभएको हो ।  प्रचण्ड र नेपालसँगको छलफल सकिएपछि देउवा छलफलका लागि प्रतिपक्षी दलका नेता ओलीसँग छलफल गर्न बालकोट पुग्नु भएको हो । बालकोट भेटमा एमाले अध्यक्ष ओलीसँगै महासचिव शंकर पोखरेल र नेता प्रदीप ज्ञवाली सह...

ओली भेट्न बालकोट पुगे देउवा

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भट्न बालकोट पुगेका छन् । सत्तारूढ गठबन्धन बैठक सकिएलगत्तै देउवा ओलीलाई भेट्न गएका हुन् । प्रधानमन्त्री देउवा पत्नी आरजु राणासहित साढे ८ बजे ओली निवास बालकोट पुगेका थिए । सत्ता गठबन्धनका नेताहरूबीचको बैठक सकरात्मक नभएपछि देउवा बालकोट पुगेको बताइएको छ । एमसिसी संसद्‍मा टेबल […]

ओली भेट्न बालकोट पुगे प्रधानमन्त्री देउवा

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।अध्यक्ष ओलीलाई भेट्न नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवा शनिबार बिहान ओली निवास बालकोट पुगेका हुन्। दुवै जनाबीच भेटवार्ता चलिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।संसद्को अवरोध हटाउने विषयमा छलफल गर्न देउवा ओलीलाई भेट्न बालकोट पुगेका हुन्।  एमालेले लामो समयदेखि संसद अवरोध गर्दै आएको छ।यसअघि पनि कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल गत बुधबार संसदको अवरोध खुलाउन आग्रह गर

ओली भेट्न प्रधानमन्त्री देउवा बालकोटमा, एमसीसीका सन्दर्भमा छलफल

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रमुख प्रतिपक्षी दलका नेता ओली भेट्न प्रधानमन्त्री देउवा शनिबार विहान भक्तपुरको बालकोटस्थित ओली निवास पुगेका थिए । भेटमा एमालेले संसदमा गरिरहेको अवरोध अन्त्य गर्ने विषयमा छलफल भएको छ । प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले संसदको गतिरोध हटाउने विषयमा प्रधानमन्त्रीले अनुरोध […] The post ओली भेट्न प्रधानमन्त्री देउवा बालकोटमा, एमसीसीका सन्दर्भमा छलफल appeared first on राजधानी राष्ट्रिय दैनिक.

ओली भेट्न बालकोट पुगे देउवा

प्रधानमन्त्री शेरबहादुर देउवा एमाले अध्यक्ष केपी ओलीलाई भेट्न ओली निवास बालकोट पुगेका छन् । बारम्बार एमालेले संसद अवरोध गर्दै आएको छ । संसद सूचारु गराउने विषयमा छलफल गर्न देउवा त्यहाँ...