मोरङ– सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएको समस्या समाधानका लागि सरकार कटिबद्ध रहेको प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन्। धरान दिवस २०७८ का अवसरमा मंगलबार आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले प्रतिष्ठानको सुधारका लागि आफू प्रतिवद्ध रहेको बताएका हुन्। प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री देउवाले पर्यटकीय नगरी धरानलाई शिक्षा र स्वास्थ्यको केन्द्र बनाउन सरकार तयार रहेको बताए। […]