कर्णाली संसद्मा एमालेको अवरोध कायमै

सुर्खेत : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कर्णाली प्रदेशसभा बैठकमा अवरोध गरेका कारण बैठक चल्न सकेको छैन।आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमाथिको सैद्धान्तिक छलफल सकिएपछि आर्थिक मामिला तथा योजनामन्त्री बिन्दमान विष्टले दिएको जवाफ चित्तबुझ्दो नभएको भन्दै आइतबारदेखि एमालेले बैठक सञ्चालनमा अवरोध गरेको छ।सरकारले प्रतिपक्षीसँग भएको सहमति तोडेर अगाडि बढेको एमालेका सांसदहरूको आरोप छ। नेकपा एमाले कर्णाली प्रदेशसभा दलका नेता यामलाल कँडेलले बजेट प्रस्तुत गर्ने विकल्प दिँदा पनि सरकारले अध्यादेशमार्फत