मनाङ मस्र्याङ्दी क्लबलाई गण्डकी प्रदेश सरकारको १० लाख सहयोग

गण्डकी प्रदेश सरकारले नेपालको ‘ए डिभिजन फूटबल क्लब’ मनाङ मस्र्याङ्दीलाई १० लाख रुपैयाँ सहयोग गरेको छ । शहीद स्मारक ए डिभिजन लिगमा पहिलोपटक ‘होम एण्ड अवे’को अवधारणामा मनाङले पोखरा रंगशालालाई ‘होम ग्राउन्ड’ रोजेपछि फूटबल विकासका लागि भनेर सरकारले सो सहयोग रकम उपलव्ध गराएको हो ।  युवा तथा खेलकुद मन्त्रालयमा शुक्रवार साँझ आयोजित कार्यक्रममा मन्त्री राजीव गुरुङ (दीपक मनाङे) को उपस्थितिमा सहयोग रकम उपलब्ध गराउने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरियो ।  प्रदेश खेलकुद पर...