बैंक तथा वित्तीय संस्थाहरूमा लगानीयोग्य रकम (तरलता) थुप्रिँदै गएपछि वाणिज्य बैंकहरूले माघ महिनाका लागि निक्षेपको ब्याजदर थप घटाएका छन् । निक्षेपको ब्याजदर निरन्तर ओरालो लागेर ऐतिहासिक न्युन विन्दु नजिक पुग्दा पनि बजारमा कर्जाको माग भने सुस्त नै देखिएको छ । अधिक तरलताको व्यवस्थापन गर्न र निक्षेपको लागत घटाउन बैंकहरूले माघ १ गतेदेखि लागू हुने गरी […]
भोजपुर– भोजपुरको षडानन्द नगरपालिकाले गरिबी निवारण र किसानको दिगो आयआर्जन वृद्धि गर्ने उद्देश्यले प्राङ्गारिक कफीखेती विस्तारलाई प्राथमिकतामा राखेको छ । कफीखेतीमार्फत किसानलाई उद्यमशील बनाउँदै आर्थिक रूपमा आत्मनिर्भर बनाउने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिएको हो । कफीखेती विस्तारका लागि सङ्घीय सरकारको विशेष अनुदान तथा किसानको लागत साझेदारीमा चालु आर्थिक वर्षमा करिब तीन करोड ३० लाखबराबरको कार्यक्रम सञ्चालन […]
जनकपुरधाम– गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनलाई सफल बनाउनु सुरक्षा निकायमा आबद्ध सबैको दायित्व भएको बताएका छन् । सङ्घीय गृह मन्त्रालय तथा मधेस प्रदेश गृह सञ्चार तथा कानुन मन्त्रालयद्वारा आज जनकपुरधाममा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा उनले आगामी फागुन २१ गते निष्पक्ष रूपमा प्रतिनिधिसभा निर्वाचन हुने बताए। उनले भने, ‘निष्पक्ष रूपमा निर्वाचन सम्पन्न गर्न सुरक्षा निकायका सबै अंगलाई […]
काठमाडौं- नेपाली कांग्रेसको सभापति पद त्याग्न तयार नभएका शेरबहादुर देउवाले पार्टीलाई फुट्नबाट जोगाउन अन्य विकल्प अघि सारेका छन् । बुधबार बिहान भएको वार्ताका क्रममा सभापति देउवाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासामु ती विकल्प अघि सारेको प्रवक्ता डा. प्रकाशशरण महतले सानेपामा बताएका छन् । केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुन सानेपामा पुगेका उनले महामन्त्रीद्वयले सभापति देउवालाई […]
बुधबार मूलपानीको तल्लो क्रिकेट मैदानमा भएको खेलमा आयरल्यान्डले नेपाललाई १०० रनले पराजित गरेको हो। आयरल्यान्डले दिएको २०१ रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभरमा सबै विकेट गुमाएर १०१ रन मात्र बनायो।