नागरिक शिक्षित नभएसम्म देश समृद्ध बन्दैन : पूर्वराष्ट्रपति यादव

काभ्रेपलाञ्चोक – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देशका नागरिक शिक्षित नभएसम्म देश समृद्ध नबन्ने बताउनुभएको छ । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका ४ डिहीगाउँमा नेपाल भोकेशनल एकेडेमीद्वारा नवनिर्मित भोकेशनल सेन्टर बहुउद्देशीय भवनको शिलान्यास तथा जग्गा हस्तान्तरण समारोहलाई आज सम्बोधन गर्दै उहाँले देशमा शिक्षा रोजगारमूलक, उद्देश्यमूलक भइ कसरी देश निर्माणको भावना जोड्ने भन्ने खालको हुनुपर्ने बताउनुभएको हो ।  ‘जबसम्म शिक्षित नागरिक देशको हुँदैन तबसम्म देश बन्दैन, आज शिक्षा त हामी दिन्छौँ तर रोजगारमूलक, उद्देश्यमूल...