कालो फुर्के कपाल, निलो स्विटर, हातमा फलामे हथौडा, खोलाको वरपर गिट्टीका थुप्रो, पहेँलो, सेता बोरा, जाँगे वा कट्टु लगाएर आधा दर्जन बढी बालबालिका ढुंगासँगै पौंठेजोरी खेलिरहेका छन् । यो दृश्य हो, मुगु छायाँनाथ रारा नगरपालिका–११ रोवा बस्तीका बालबालिकाको । हिजो आज उनीहरूको दैनिकी ढुंगा, गिट्टीसँगै बित्ने गरेको छ । यसरी नै उनीहरूको दैनिकीसँगै गुजारा पनि चलिरहेको छ ।अन्य जिल्लाकै जस्तै मुगुका विद्यालयमा पनि पाठ्यपुस्तक आइपुगेको छैन । पुस्तकको अभावले विद्यालय जानुपर्ने बालबालिका खोलामा दिन बिताउने