साढे ३ वर्ष मुख्यमन्त्री बनेर संघीय चुनाव लड्दै गरेका शेरधन राईले जारी गरे श्वेतपत्र

विराटनगर- भोजपुरबाट प्रतिनिधि सभा सदस्यमा उठेका प्रदेश १ का पहिलो मुख्यमन्त्री शेरधन राईले आइतबार श्वेतपत्र जारी गरेका छन् । उनले भोजपुर जिल्लामा गरेका कामहरूको समेटेर तयार पारिएको श्वेतपत्र घोरेटारमा सार्वजनिक गरेका हुन् । नेकपा एमाले स्थायी कमिटी सदस्य समेत रहेका राई ३ वर्ष ६ महिना ७ दिन प्रदेश १ को मुख्यमन्त्री बनेका थिए...