प्रदेश २ र सुदूरपश्चिम प्रदेश सरकारको नीति कार्यक्रम पनि पारित

काठमाडौं : प्रदेश नम्बर २ र सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम पनि पारित भएको छ। आज बसेका प्रदेश सभाका छुट्टाछुट्टै बैठकमार्फत अबेर गरी आगामि आर्थिक वर्ष २०७८–०७९ को नीति तथा कार्यक्रम पारित गरिएको हो। सुदुरपश्चिम प्रदेशको नीति कार्यक्रम बहुमतले र प्रदेश नम्बर २ को नीति कार्यक्रम सर्वसम्मतिले पारित भएको हो। यसअघि आजै प्रदेश नम्बर १ र लुम्बिनी प्रदेशको नीति कार्यक्रम पनि बहुमतले पारित भएको थियो। कर्णाली प्रदेशमा भने नीति कार्यक्रममाथिको छलफल नसकिएपछि