ओली-बस्नेत बोलीले मधेसमा एमालेलाई झमेला

धनुषा ३ की एमाले उम्मेदवार जुलीकुमारी महतोलाई यतिबेला मतदातालाई चुनावी कार्ययोजना बुझाउनेसँगै स्पष्टीकरण दिँदै हिँड्नुपर्ने झ्याउलो पनि थपिएको छ। यो झ्याउलो महतोको कारणले होइन, उनकै पार्टी अध्यक्ष केपी शर्मा ओली र सचिव महेश बस्नेतको बोलीले गर्दा निम्तिएको हो। ८ माघमा कान्तिपुर टेलिभिजनको युट्युब च्यानलमा प्रसारित अन्तर्वार्तामा ओलीले दमक महोत्तरी र धनुषाभन्दा निकै विकसित र सफा […]