सुरक्षा व्यवस्था सुदृढ बनाउन सुरक्षा समितिको निर्देशन

काठमाडौँ। आसन्न प्रतिनिधिसभा निर्वाचनमा प्रचारप्रसार अभियानलाई व्यवस्थित बनाउँदै सुरक्षा व्यवस्था थप सुदृढ र भरपर्दो बनाउन जिल्ला सुरक्षा समितिलाई निर्देशन दिइएको छ। गृहमन्त्री ओमप्रकाश अर्यालका अध्यक्षतामा आज बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले निर्वाचन कार्यक्रममा समन्वय गर्न गठन गरिएका सबै संयन्त्रलाई सक्रिय बनाउने निर्णय गरेको हो। बैठकले निर्वाचन प्रचारप्रसारका क्रममा सामाजिक सञ्जालको दुरुपयोगलाई नियन्त्रण गर्न सोको निगरानीलाई […]