संघियता विरोधी संघियता ल्याउने पार्टीहरू नै हुन् : जनार्दन शर्मा

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले संघियता विरोधी संघियता ल्याउने पार्टीहरू नै रहेको बताउनुभएको छ । बुधबार काठमाडौंमा आयोजित संघियताको कसीमा आर्थिक वर्ष २०८२/०८३ को बजेट छलफल कार्यक्रममा बोल्दै उपमहासचिव शर्माले २५ हजारदेखि ५० हजारसम्मका बजेट पनि संघले विनियोजन गर्ने परिपाटी रहेको बताउँदै प्रदेश र स्थानीय तहप्रति संघ सरकारले विश्वास नगरेको बताउनुभयो । […]