चुनावमा २७ अर्ब खर्च हुने प्रक्षेपणसँगै अर्थतन्त्र चलायमान हुने आशा, कसरी बढ्ला आर्थिक गतिविधि ?

यही फागुन २१ गते हुने भनिएको प्रतिनिधि सभा निर्वाचनमा करिब २७ अर्ब रुपैयाँ बराबरको खर्च हुने प्रक्षेपणसँगै अर्थतन्त्रमा अल्पकालीन चलायमानता आउने अपेक्षा गरिएको छ । अर्थ मन्त्रालयले दिएको जानकारीअनुसार निर्वाचन आयोगले आसन्न निर्वाचनका लागि करिब २७ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरेको छ । त्यसमध्ये हालसम्म अर्थ मन्त्रालयले सवा १९ अर्ब रुपैयाँ निकासा गरिदिएको छ । […]