‘गाउँमै बस्ने वातावरण बनाइदिने नेतालाई भोट’

बागलुङ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवारलाई मतादाता रिझाउन भ्याइनभ्याइ छ। बिहानैदेखि साँझसम्म मतदाताका घरदैलो र बारीमै पुगेर उम्मेदवारले मत मागी रहेका छन्। पटकपटक आश्वासन मात्रै पाएका मतदाताले यसपाली एजेण्डा र प्रतिबद्धता खोज्न थालेका छन्। काठेखोला गाउँपालिका–६ का कृष्णप्रसाद सापकोटाले किसानको उत्पादनलाई बजारीकरणको प्रबन्ध मिलाउन सक्ने नेतालाई भोट दिने बताए। […]