मेरोशेयरको पासवर्ड बिर्सनु भयो ? यस्तो छ रिसेट गर्ने तरिका

लामो समयपछि आईपिओ निष्काशन हुदै छ  । जाल्पा सामुदायिक लघुवित्तले माघ २१ गतेदेखि आईपिओ निष्काशन हुदै छ  ।  ६ महिनापछि आईपिओ निष्काशन हुन लागेको हो  । यदि तपाईले यस ६ महिनाको अवधिमा मेरोशेयर नखोलेको कारण वा अन्य कुनै कारणले मेरोशेयरको पासवर्ड बिर्सनु भएको छ भने तपाई आफैले नै पासवर्ड रिसेट गर्न सक्नु हुन्छ  ।   पासवर्ड बिर्सिएमा रिसेट लिंक मगाएर लगानीकर्ताले नै पासवर्ड रिसेट गर्न सकिन्छ ।  यस्तो छ पासवर्ड रिसेट गर्ने तरिका : १. मेरोशेयर खोलेर Forgot your password? मा क्लिक गर्ने २. निक्षेप सदस्य, युजर नेम, इमेल आइडी र जन्ममिति राखेर क्लिक सेन्ड बटनमा क्लिक गर्ने३.राखेको जानकारी हुबहु मिलेमा 'New password has been sent to your email' भन्ने म्यासेज आउछ , र हुबहु नमिलेमा 'The information you have provided doesn't match with the registered information' भन्ने संदेश आउछ ४.जानकारी मिलेको भए इमेलमा नयाँ पासवर्ड आउने छ ५. धेरै पटक पासवर्ड रिसेट गर्ने कोशिस गरेमा 'Maximum forgot password attemped' भन्ने संदेश आउछ र यस्तो भएमा अर्को दिन मात्र फेरी कोशिस गर्न पाइने छ