प्रतिबन्धमा भन्दा पनि कम आयातको संकेत

गत आर्थिक वर्षको पहिलो महीनामा विलासिताका वस्तुको आयातमा प्रतिबन्ध थियो र तिनको आयात ठप्प थियो । तर, चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो महीना गत आवको सोही अवधिको दाँजोमा वैदेशिक व्यापार घटेको छ । अर्थात् आयात र निर्यात दुवै घटेको छ । यसले देशको आन्तरिक अर्थतन्त्र अझै कमजोर रहेको संकेत गरेको छ ।  चालू आवको साउनमा १ खर्ब ४२ अर्ब बराबरको वैदेशिक व्यापार भएको छ । यो गत आवको भन्दा २ दशमलव २८ प्रतिशत कम हो । यसमा आयातको अंश १ दशमलव ५६ प्रतिशतले घटेको छ भने निर्यात ८ दशमलव ६५ प्रतिशतले घटेको छ । आयातभन्दा निर्यात बढी घट्दा यसको अनुपात विगतमा भन्दा बढेको देखिन्छ । आयात घटेर खासै समस्या त हुने देखिँदैन तर गत आवमा भन्दा सरकारले भन्सार  राजस्वको लक्ष्य बढाएकाले उक्त लक्ष्य पूरा हुन सक्ने देखिँदैन । गत आवमा नै सरकारले लक्ष्यअनुसार राजस्व उठाउन नसक्दा सरकारी खाता घाटामा गएको थियो । यस वर्ष पनि त्यस्तै नहोला भन्न सकिँदैन ।  आयात घट्यो भन्दा पनि किन घट्यो र कस्ता सामानको आयात घट्यो भन्ने कुराले विशेष अर्थ राख्छ । आयात घट्नुको अर्थ उपभोग्य वस्तु र औद्योगिक कच्चा वस्तुको माग घट्नु हो । यसले आन्तरिक अर्थतन्त्र मन्दीमा रहेको थप पुष्टि गर्छ । अर्थतन्त्रमा न उत्पादन बढेको छ न त माग नै बढेको छ । यसो हुँदा उद्योगहरूले आफ्नो उत्पादन कटौती गरेको देखिन्छ जसको अर्थ त्यहाँ कार्यरत कामदारको पनि कटौती हुन्छ अथवा ज्याला कटौती । यसले अर्थतन्त्रलाई झनै सुस्त बनाउँछ ।  आयात घट्यो भन्दा पनि किन घट्यो र कस्ता सामानको आयात घट्यो भन्ने कुराले विशेष अर्थ राख्छ । आयात घट्नुको अर्थ उपभोग्य वस्तु र औद्योगिक कच्चा वस्तुको माग घट्नु हो । यसले आन्तरिक अर्थतन्त्र मन्दीमा रहेको थप पुष्टि गर्छ ।  अहिले विदेशी विनिमय सञ्चिति बढेको छ । विप्रेषण आय पनि बढेको छ । विप्रेषण आय बढ्दा उपभोग बढ्नुपर्ने हो । नेपालमा धेरै घरधुरीमा विप्रेषण रकम पुग्छ । त्यो रकमको अत्यधिक अंश उपभोगमा नै सकिने गरेको छ । अहिले त्यो रकम खर्च भएको छैन । खर्च नहुँदा त्यो बचतका रूपमा बंैकमा पुग्नुपर्ने हो । विप्रेषणको रकम बैंकमा राख्दा अलिक बढी ब्याज पाइन्छ । यस्तोमा प्रतिमहीना खर्बको हाराहारीमा आइरहेको रकमको ठूलो अंश बैंकमा गएको जस्तो देखिँदैन । गएको भए पर्याप्त तरलताका कारण निक्षेपको ब्याजदर घट्नुपर्ने हो । तर, बैंकहरूले कर्जा लगानी गर्न नसके पनि निक्षेपको ब्याजदर बढाएर पैसा तानातान गरिरहेका छन् । यसको अर्थ कि त नेपालबाट पैसा पलायन भइरहेको छ वा मानिसहरूले शिरानी हालिरहेका छन् भन्ने हुन्छ ।  आयात घट्नुको अर्थ मुलुक मन्दीमा नै छ र यो अवस्था अझै लम्बिनेछ भन्ने हो । निर्यात घट्नुको अर्थ नेपालको उत्पादन निकै कमजोर छ भन्ने हो । निर्यात सम्भावना नभएको होइन । प्रतिस्पर्धी वस्तु पहिचान गरेर तिनको उत्पादन बढाउन नसक्दा नै निर्यात बढ्न नसकेको हो । कतिपय वस्तुको माग भए पनि आपूर्ति गर्न नसकिएको भन्ने व्यवसायीको भनाइ छ । नेपालको कूटनीतिक क्षमता निकै कमजोर देखिँदै गएकाले विश्वमा नेपाललाई पत्याउन छाडेको पाइन्छ । त्यसले पनि निर्यात व्यापार प्रभावित भएको हो भन्न सकिन्छ ।  अहिले आन्तरिक अर्थतन्त्र निकै कमजोर छ । यो तथ्यलाई सरकारले कहिले स्वीकारेको पाइन्छ त कहिले अर्थतन्त्र ठीकठाक छ भन्ने बताइरहेको हुन्छ । यसबाट अर्थतन्त्रप्रति सरकारलाई चिन्तै छैन भन्ने देखाउँछ । संसद्मा अर्थतन्त्र सुधारबारे न गम्भीर छलफल भएको छ न त मन्त्रालयहरूले नै विशेष सक्रियताका साथ काम गरेका छन् । अहिलेको अवस्था अर्थतन्त्र सुधारका लागि विशेष काम गर्नुपर्ने हो । तर, त्यसमा गम्भीरता पाइएको छैन । आन्तरिक अर्थतन्त्रमा सुधार आएन भने सरकारले लक्ष्यअनुसार राजस्व उठाउन सक्दैन र चालू खर्चकै लागि ऋण उठाउनुपर्ने बाध्यता हुन्छ । त्यसैले वैदेशिक व्यापारले देखाएको अहिलेको संकेतलाई गम्भीरताका साथ लिएर सरकारले आवश्यक कदम चाल्न ढिला गर्नु हुँदैन ।

सम्बन्धित सामग्री

प्रदूषण कम गर्ने केही उपाय

प्रदूषणका कारण मानिसमा विभिन्न समस्या देखिन्छन् । तर, जीवनमा थोरै परिवर्तन ल्याएर यसको असर कम गर्न सकिन्छ । हामीले टेकेको धर्तीसँग हाम्रो जीवन जोडिएको हुनाले यसको रक्षाका लागि हामीले केही...

काठमाडौंको तापक्रम यस वर्षकै कम

काठमाडौं, ८ माघ।काठमाडौंको न्यूनतम तापक्रम सोमबार(आज) वर्षकै कम मापन गरिएको छ।आज बिहान पौने ९बजे काठमाडौंको तापक्रम ३.२ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।यो तापक्रम यस वर्ष अहिलेसम्मकै कम हो।यो वर्ष यसअघि काठमाडौंको कम तापक्रम गएको पुस २०गते मापन गरिएको थियो।पुस २० गते बिहान पौने ९बजे काठमाडौंको न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियस थियो।

कञ्चनपुरमा लक्ष्यभन्दा कम भन्सार राजस्व संकलन

कञ्चनपुरमा भन्सार राजस्व लक्ष्यभन्दा कम संकलन भएको छ। गत आर्थिक वर्ष ०७९/०८० मा पनि लक्ष्यभन्दा कम भन्सार संकलन भएको हो। भन्सार कार्यालय कञ्चनपुरको तथ्याङ्कअनुसार पछिल्ला पाँच वर्ष लगातार लक्ष्यभन्दा कम भन्सार...

कम्मर दुखाइ कम गर्न यी योगासन

- मानिसमा धेरै देखिने समस्यामध्ये कम्मर दुखाइ एक हो । हामीले केही योग आसनहरू गरेर यसलाई कम गर्न सक्छौँ । भुजङासन, सलभासन, मर्कटासनलगायत गरेर यसलाई कम गर्न सकिन्छ ।  - त्यस्तै, अनुलोम–विलोम, भस्त्रिकालगायत प्राणायाम...

मागभन्दा कम शिक्षक छनोट

भक्तपुर, कात्तिक २७ । माध्यमिक तहमा मागभन्दा कम शिक्षक छनोट भएका छन्। शिक्षक सेवा आयोगले विभिन्न विषयमा एक हजार ५५२ जना शिक्षक माग गरेकोमा एक हजार १८२ जना शिक्षक छनोट गरी नियुक्तिका लागि सिफारिस गरेको छ। मागभन्दा ३७० जना कम सिफारिस भएका छन्। आयोगका अध्यक्ष मधुप्रसाद रेग्मीले कम सङ्ख्यामा शिक्षक छनोट हुनु चिन्ताजनक अवस्था रहेको […]

कम हुन थाले डेंगुका बिरामी

जाडोयाम शुरु भएसँगै अस्पतालहरुमा डेंगुका बिरामीको संख्या कम हुँदै गएका छन् । काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा दशैँ शुरु हुनुअघिको तुलनामा दशैँ अवधिमा डेंगुका बिरामीहरु कम हुँदै गएको हो । डेंगुको संक्रमण खास गरी एडिज प्रजातिको लामखुट्टेको टोकाइबाट हुने गर्दछ । दशैँ अघिसम्म देशभर नै डेंगु महामारीले आक्रान्त बनाए पनि जाडोयाम शुरु भएसँगै डेंगुको संक्रमण कम हुँदै गएको र बिरामीहरु पनि कम अस्पताल आउने गरेको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सूचना अधिकारी नवराज गौतमले बताए ।

रक्तचाप कम भए वेवास्था नगर्नुहोस्, हृदयघात हुन सक्छ

एजेन्सी, २७ भदौ । यदि तपाईको रक्तचाप प्रायः कम भइरहन्छ भने यस्तो अवस्थालाई हल्का रूपमा लिनु हुँदैन। यदि रक्तचाप धेरै कम छ भने, हृदयघात देखि अंग विफलता जस्ता खतरनाक अवस्थाहरू उत्पन्न हुन सक्छन् । कम रक्तचाप कम रक्तचाप वा कम रक्तचापलाई मेडिकल भाषामा हाइपोटेन्सन भनिन्छ। यदि कुनै व्यक्तिको रक्तचाप रिडिङ ९० र ६० भन्दा कम […]

साताको संक्रमण दर एक प्रतिशतभन्दा कम

विश्वबाट वर्तमान कोरोना प्यान्डेमिक निर्मूल हुने क्रममा हाल यस संक्रमण निकै कम देशमा सीमित भइसकेको छ। विश्वका अधिकांश देशमा दैनिक संक्रमण दर ५% भन्दा कम भइसकेको छ जुन प्यान्डेमिक कालमा डब्लुएचओको मापदण्डभन्दा कम अर्थात् मापदण्डभित्र पर्छ। दैनिक संक्रमण दर अर्थात् पोजिटिभिटी ५% भन्दा कम हुनु प्यान्डेमिक नियन्त्रण मानिन्छ भने ३०% माथि हुनु अति उच्च संक्रमण […]

मेडिकेसन इरर के हो? कसरी कम गर्ने?

फार्मेसीमा औषधि दिने व्यक्तिले जान्टर ८० भनिने युरिक एसिड कम गर्ने औषधि दिनुपर्नेमा भुलबस जाइड ८० भनिने सुगर कम गर्ने औषधि दिएछन्।

कञ्चनपुरमा पूर्वसूचनाले क्षति कम

दुर्गा उपाध्यायकञ्चनपुर । प्राकृतिक विपत्ति सम्बन्धि पूर्व सूचना दिने प्रविधिले कञ्चनपुरमा बाढीबाट हुने जनधनको क्षति निकै कम भएको छ । गत शुक्रबार दोदा नदीमा आएको बाढीका बारेमा स्थानीयले पूर्व सूचना पाएकाले आवश्यक तयारी गर्न भ्याउँदा निकै कम मात्रै क्षति भएको हो । गत शुक्रबार मध्यरातमा कञ्चनपुरको पुर्नवास नगरपालिका– ५ सिमरीका दिनदयाल रानालाई आफन्तको फोन आयो […]