नेपाली कांग्रेसले आगामी निर्वाचनमा देशभरि उम्मेदवार चयन प्रक्रिया अघि बढाउनुअगावै आकांक्षीहरूबाट पार्टीको निर्णय मान्ने प्रतिबद्धता लिने भएको छ । महामन्त्री गगन थापाले ७७ वटै जिल्ला कार्यसमिति, १६५ वटै क्षेत्रीय कार्यसमिति र ३३० प्रदेश कार्यसमितिलाई परिपत्र गर्दै उम्मेदवार बन्न आकांक्षीहरूबाट पार्टीले निर्णय गरे पनि त्यसलाई मान्छु भन्ने प्रतिबद्धतापत्रमा हस्ताक्षर गराएर केन्द्रमा पठाउन निर्देशन दिएका हुन् ।