काठमाडौं।नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले जनताको जीविकोपार्जनलाई सहज गर्नका लागि आर्थिक क्रान्ति आवश्यक रहेका बताएका छन्।नेपाली काँग्रेसका नेता गणेशमान सिंहको २५ औँ पुण्यतिथिको अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रदेश र स्थानीय तहको अधिकार सम्बन्धित तहलाई दिलाएर आवश्यक कानूनहरु समयमै बनाउनुपर्ने पनि बताए।उनले शिक्षालाई सीपसँग जोडेर आधारभुत शिक्षा सक्नासाथ सक्षम नागरिक बनाउनुपर्ने पनि बताए।