ब्रिटिस कलेजमा छात्रवृत्ति कार्यक्रमको घोषणा

काठमाडौं । द ब्रिटिस कलेज (टीबीसी)ले नयाँ छात्रवृत्ति कार्यक्रम ‘द ओएचसीटी छात्रवृत्ति (२०२२)’ उपलब्ध गराउने भएको छ । यो छात्रवृत्ति एकजना नयाँ विद्यार्थीलाई उपलब्ध गराइनेछ । यो छात्रवृत्तिले पूर्णट्यूसन, विश्वविद्यालय दर्ता र पढाइ अवधिभर परीक्षा शुल्कहरू कभर गर्ने कलेजले जनाएको छ । विपन्न विद्यार्थीहरूको अध्ययनलाई सघाउने उद्देश्यका साथ ओ‘हाय परिवारले यो फेलोसिप उपलब्ध गराउन लागेको […]

सम्बन्धित सामग्री

जापानले दियो नेपाललाई ३८ करोड छात्रवृत्ति अनुदान

जापान सरकारले नेपालको मानव संशाधन विकास छात्रवृत्ति (जेडिएस) कार्यक्रमको तेस्रो चरण कार्यान्वयनका लागि ३८ करोड रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गर्ने भएको छ । यस विषयमा नेपाल सरकार र जापान सरकारबीच बुधबार अर्थ मन्त्रालयमा आयोजित एक औपचारिक कार्यक्रमकाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा अर्थसचिव अर्जुनप्रसाद पोखरेल र नेपालका लागि जापानी राजदूत किकुता युताकाले उक्त सम्झौतापत्रमा …

भारतीय दूतावासाले मनायो २१ औं स्वर्ण जयन्ती छात्रवृत्ति दिवस

काठमाडौं, ५ चैत्र । नेपालस्थित् भारतीय दूतावासले २१औं स्वर्ण जयन्ती छात्रवृत्ति दिवस मनाएको छ । दूतावास परिसरमा एक कार्यक्रमको आयोजना उक्त छात्रवृत्ति दिवस मनाईएको हो । कार्यक्रममा गएका वर्ष र यो वर्ष स्वर्ण जयन्ती छात्रवृत्ति पाएका विद्यार्थी लगायत २५० भन्दा बढी अतिथिको उपस्थिति थियो । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले कार्यक्रममा भएको भेलालाई सम्बोधन […]

दलित समुदायका विपन्न ३४ जना बालिकालाई छात्रवृत्ति प्रदान

काठमाडौं, २५ माघ। मानव अधिकार तथा शान्ति समाजले ७ कक्षामा अध्ययनरत दलित समुदायका विपन्न ३४ जना बालिकालाई छात्रवृत्ति प्रदान गरेको छ। प्रत्येकलाई १२ हजारका दरले ४लाख ८हजार रुपैयाँ प्रदान गरिएको समाजले जनाएको छ। मोरङको थलाहामा बुधबार एक कार्यक्रमको आयोजना गरी जनता मा.वि का २७जना र सरस्वती मा.वि.का सात जना गरि ३४जना बालिकालाई वर्ष २०७९ को छात्रवृत्ति रकम प्रदान गरिएको हो।

इटहरी इन्टरनेसनल कलेजद्वारा २१ विद्यार्थीलाई एएए छात्रवृत्ति प्रदान

इटहरी इन्टरनेसनल कलेजले २१ विद्यार्थीहरूलाई सन् २०२२ को एएए छात्रवृत्ति प्रदान गरेको छ । शैक्षिक, अनुशासन र सहभागिताका पक्षहरूमा क्यालेन्डर वर्षमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूका छात्रवृत्ति प्रदान गरिएको हो । विद्यार्थीहरूलाई उनीहरूको कलेजमा उत्कृष्ट प्रदर्शनको लागि १ सय प्रतिशत ट्यूशन शुल्क माफ गरिएको छ । यस छात्रवृत्ति कार्यक्रमको लागि कूल कूल १ सय ३६ जना […]

युनिभर्सिटी कलेज बर्मिंघममा नेपालीका लागि छात्रवृत्ति

बेलायतको युनिभर्सिटी कलेज बर्मिंघम (यूसीबी) ले नेपाली विद्यार्थीहरूलाई मेरिट वेसका आधारमा छात्रवृत्ति र अन्य सुविधा दिन शैक्षिक मेला तथा जानकारीमूलक कार्यक्रमको आयोजना गरेको छ ।बेलायतमा उच्च शिक्षा हासिल गर्न इच्छुक नेपाली विद्यार्थीहरूलाई प्रवर्द्धन र अवसरका बारेमा जानकारी दिन मगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरेको हो । यूसीबीका दक्षिण एसियाली क्षेत्रीय प्रबन्धक अर्चना सिंहले यूसीबी र नेपाली […]

ब्रिटिस कलेजमा नयाँ छात्रवृत्ति कार्यक्रमको घोषणा

काठमाडौँ । प्रतिष्ठित ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी)को मान्यता प्राप्त शैक्षिक संस्था द ब्रिटिस कलेज (टीबीसी)ले नयाँ छात्रवृत्ति कार्यक्रम ‘द ओएचसिटी फेलोसिप (२०२२)’ उपलब्ध गराउने भएको छ ।

पाकिस्तानी दूतावासद्वारा ५५० नेपाली विद्यार्थीलाई छात्रवृत्ति हस्तान्तरण

काठमाण्डाै – नेपालमा रहेकाे पाकिस्तानी दूतावासले नेपाली विद्यार्थीहरूलाई छात्रवृत्ति हस्तान्तरण गरेको छ । दूतावासले सोमवार एक कार्यक्रमको आयोजना गरी पाँच सय ५० जना नेपाली विद्यार्थीलाई छात्रवृत्ति हस्तान्तरण गरेको हो ।  नेपाली सरकारी विद्यालयमा अध्ययन गरिरहेका जेहनदार विद्यार्थीहरूलाई १०/१० हजार रुपैयाँका दरले दूतावासले छात्रवृत्ति हस्तान्तरण गरेकाे हाे । विद्यार्थीहरूको पढाइमा सघाउ पुगोस् भनेर दूतावासले हरेक वर्ष छात्रवृत्ति दिँदै आएको छ ।  कार्यक्रममा नेपालका लागि पाकिस्तानका राजदूत शैयद हैदर ...

छोरीबुहारी उच्च शिक्षा छात्रवृत्ति कार्यक्रमको औचित्य

गत आर्थिक वर्षमा १ करोड रुपैयाँ छात्रवृत्तिका लागि विनियोजन भएकोमा यस वर्ष १ करोड २५ लाख रुपैयाँ विनियोजन भएको छ । आर्थिक रूपले कमजोर विपन्न, अपाङ्ग, पिछडिएका जनजाति, जेहेनदार, दलित वा दुर्गम क्षेत्रका विद्यार्थीहरू पहिचान गरी राज्यले त्यस्ता विद्यार्थीलाई आवश्यकताअनुसार छात्रवृत्ति, अनुदान वा शैक्षिक ऋण वा सहयोगको व्यवस्था गर्नु ज्यादै सान्दर्भिक र औचित्यपूर्ण देखिन्छ । […]