राजनीतिक दलको प्रचारमा सरकारी गाडी प्रयोगमा रोक

बैतडी – पालिका चुनावमा राजनीतिक दलले आफ्नो चुनावी प्रचारप्रसारमा सरकारी गाडी प्रयोग गर्न नपाउने भएका छन् । चुनाव लक्षित आचारसंहिता लागू भइसकेकाले कुनै पनि राजनीतिक दलका प्रतिनिधि तथा उम्मेदवारका कार्यक्रमका लागि सरकारी गाडीको प्रयोगमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभयो । सरकारी गाडी प्रयोग गरेको पाइएकामा यथाशीघ्र र यथास्थितिमै गाडी नियन्त्रणमा लिइ आवश्यक कारबाही हुने जनाइएको छ ।  जिल्ला प्रशासन कार्यालयले हातहतियार बुझाउन गरेकोे आग्रहको पनि अटेरी भएको पाइए...