सीईडीबी हाइड्रोको सेयर मूल्यमा सर्किट

काठमाडौं। दोस्रो बजारमा कारोबार सुरु भएको छैटौं दिनमा पनि सीईडीबी हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको छ। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६६ रुपैयाँले बढेर ७३३ रुपैयाँ पुगेको छ। कम्पनीको सेयर मूल्यमा निरन्तर १० प्रतिशतको वृद्धि हुँदै आएको छ।