पर्यटकीय क्षेत्रका रूपमा विकास हुँदै आएको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को नारायणी नदी किनार लागुऔषध दुर्व्यसनीको अखडा बन्दै गइरहेको छ ।
जिल्लाको मध्यविन्दु नगरपालिका–३ को नदी किनारलाई गाउँभन्दा बाहिरका विभिन्न स्थानबाट आएका व्यक्तिले लागुऔषधको अखडा बनाएको स्थानीयवासीको भनाइ छ ।