कञ्चनपुर, कात्तिक १५ । कञ्चनपुरको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसका नारायणप्रकाश (एनपी) साउद र नेकपा एमालेका नरबहादुर धामीबीचमा नै प्रतिस्पर्धा हुने भएको छ । लोकतान्त्रिक–वाम गठबन्धनबाट चुनावमा प्रतिस्पर्धा गरिरहेका साउद र एमालेबाट उम्मेदवार रहेका धामीबीच तेस्रोपटक चुनावी प्रतिस्पर्धा भइरहेको छ । गठबन्धन भएका कारण चुनावी प्रतिस्पर्धामा विजयी हुनेमा साउद ढुक्क छन् […]