हलमा चाप कम, 'कबड्डी ४' को पर्खाइमा दर्शक

काठमाडौं : पछिल्लो दुई हप्ता फिल्म हलमा दर्शकको खासै चाप रहेन। नयाँ वर्षको अवसर पारेर ‘केजिएफ च्याप्टर २’ र ‘ए मेरो हजुर ४’ जस्ता फिल्म प्रदर्शनमा आएपछि अन्य प्रतीक्षित फिल्म प्रदर्शनमा नआउनु एउटा कारण हो भने वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचन अर्को कारण हो। यतिवेला हलमा ५ वटा फिल्म छन्, दर्शकको चाप भने न्यून छ। दरबार सिनेम्याक्समा रहेको ‘लाइफ इन एलए’को एउटा शोलाई छोड्ने हो भने हलमा ४ वटा फिल्म मात्रै छन्। जसमध्ये सबै विदेशी फिल्म हुन्।&n