काठमाडौं ।दक्षिण कोरियाको राजधानी सियोलमा शुक्रवार भएको तीनवटा सवारी साधनको ठक्करमा एक व्यक्तिलाई हृदयघात भएको छ ।अन्य ६ जना घाइते भएका छन् । यो दुर्घटना सियोलको केन्द्रमा रहेको जोङ्गाक सबवे स्टेशन अगाडिको सडकमा स्थानीय समयअनुसार साँझ ६ः०५ बजे भएको थियो । दुर्घटनामा परेका तीनवटा सवारी साधनमध्ये एउटामा आगलागी समेत भएको थियो ।
संयुक्त राष्ट्र। संयुक्त राष्ट्रका महासचिवका प्रवक्ताको कार्यालयले शुक्रबार जनाएको अनुसार गाजामा अझै दश लाखभन्दा बढी मानिसलाई तत्काल आश्रय सहायता आवश्यक छ। यो सङ्ख्या गाजाको कुल जनसंख्याको करिब आधा हो। युद्धविरामपछि मानवीय सहयोगकर्ताले हजारौँ टेन्ट र सयौँ हजार तारपालिन तथा अन्य सामग्री वितरण गरे पनि आश्रयको आवश्यकता अझै कायम रहेको कार्यालयले जनाएको छ। संयुक्त राष्ट्र मानवीय […]
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक उम्मेदवार सूचीबाट कलाकार आशिफ शाहले आफ्नो नाम फिर्ता लिने निर्णय गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत आफूले उम्मेदवारी फिर्ता लिएको जानकारी दिएका हुन्। आशिफ शाहले आफ्नो निर्णयबारे जानकारी दिँदै भनेका छन् कि उनी राजनीतिमा चासो राख्छन् तर सक्रिय राजनीतिमा संलग्न नहुने व्यक्ति हुन्। “तर देश बन्नुपर्छ भन्ने हुटहुटी सधैँ मेरो […]
काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२६ को क्रिकेट क्यालेन्डर सार्वजनिक गरेको छ। हालै आयोजित पत्रकार भेटघाट कार्यक्रममा क्यानले पुरुष, महिला तथा युवा तहका राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय प्रतियोगिताहरू समेटिएको कार्यतालिका सार्वजनिक गरेको हो। नेपालले अन्तर्राष्ट्रिय प्रतियोगिताअन्तर्गत जनवरीमा महिला टी–२० विश्वकप छनोट खेल्नेछ। घरेलु प्रतियोगिताको रूपमा जनवरीमा प्रधानमन्त्री कप जिल्लास्तरीय र प्रदेशस्तरीय प्रतियोगिता हुनेछ। यस्तो […]
युवा उद्यमी सचिन ढकालले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतको उम्मेदवार सूचीबाट आफ्नो नाम फिर्ता लिएका छन्। ढकालले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त निर्णय सार्वजनिक गरेका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टीले ढकाललाई समानुपातिकतर्फको उम्मेदवारका रूपमा सिफारिस गरेपछि उनको नाम सार्वजनिक भएको थियो। नाम सिफारिस भएसँगै सामाजिक सञ्जाल र सार्वजनिक वृत्तमा विभिन्न आलोचना र बहस सुरु भएको थियो। त्यसपछि ढकालले […]