जनार्दन प्रकरणः छानबिन समितिले जेठको सीसीटीभी फुटेज माग्दा अर्थले असारको दियो

बजेट निर्माणमा विचौलियालाई प्रवेश गराएर करका दर हेरफेर गरेको आरोप लगोपछि अर्थमन्त्री पदबाट राजीनामा दिएका जनार्दन शर्मामाथि संसदीय छानबिन समितिले छानबिन गरिरहेको छ । उक्त छानबिन समितिले अर्थ मन्त्रालयसँग बजेट निर्माणका बेलाको सीसीटीभी फुटेज माग्यो । तर, अर्थले अर्कै महिनाको फुटेज दिएको छ ।समितिलाई अर्थ मन्त्रालयले शुक्रबार सीसीटीभी फुटेजको ‘हार्ड डिस्क’ दियो । छानबिन समितिका सदस्यहरुले उक्त हार्ड डिस्कलाई शुक्रबार र शनिबार गहन ढङ्गले हेरे । तर, जेठको फुटेज माग गरिएकोमा अर्थले असार महिनाको दिएको पाईएको छ । छानबिन विशेष समितिले जेठ महिना भरको सीसीटीभी फुटेज मागेको थियो । तर, अर्थले असार महिनाको फुटेज भएको हार्ड डिस्क दिएको हो ।‘हामीले मागेको जेठ महिना भरीको फुटेज थियो, अर्थबाट आएको फुटेज हेर्दा त असारको पो रहेछ’ छानबिन समितिका एक सदस्यले भने । असार २२ गते गठित छानबिन समितिले अर्थसचिव मधु मरासिनी, राजस्व सचिव कृष्णहरि पुष्करसहित अर्थ मन्त्रालय मातहतका विभिन्न विभागका महानिर्देशकहरुसँग बयान लिईसकेको छ । जेठ १४ गते खेताला विज्ञ ल्याएर करका दर हेरफेर गराएको आरोप जनार्दन शर्मामाथि लागेपछि उपभोक्ता हित संरक्षण मञ्चले सीसीटीभी फुटेज माग गरेको थियो । तर, अर्थ मन्त्रालयले फुटेज डिलिट भएको जवाफ दिएको थियो ।समितिमा सांसदहरू लक्ष्मणलाल कर्ण, खगराज अधिकारी, देव गुरुङ, पुष्पा भुसाल, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, विमला विक, शक्ति बस्नेत, सरला यादव, सीताराम महतो र सुरेन्द्रप्रसाद यादव सदस्यहरु रहेका छन् । समितिले गत असार २८ गते मंगलबारको मितिले १० दिनभित्र प्रतिवेदन संसदमा बुझाउनु पर्नेछ ।

सम्बन्धित सामग्री

छानबिन समिति सुराकविहीन

वार्षिक बजेटमा करका दर हेरफेरका लागि अनधिकृत व्यक्ति प्रवेशको विषयमा छानबिन गरिरहेको संसदीय विशेष समिति ‘करिब सुराकविहीन’ बनेको छ। डिलिट भइसकेको भनिएको अर्थ मन्त्रालयको सीसीटीभी फुटेज रिकभरबाट नयाँ प्रमाण प्राप्त गर्ने आशमा रहेको समितिले ठोस तथ्य फेला पार्न नसकेपछि म्याद सकिन दुई दिनअघि करिब प्रमाणविहीन अवस्था बनेको हो।

छानबिन समितिले माग्यो सिंहदरबारको दक्षिण र पश्चिम गेटको सीसीटीभी फुटेज

काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्माको छानबिन पेचिलो बन्दै गएको छ । आज बसेको छानबिन समिति बैठकले बजेट निर्माणको अघिल्लो रात सिंहदरबारमा को आएका हुन् भन्ने प्रमाण जुटाउनका लागि दक्षिण र पश्चिम गेटको सीसीटीभी फुटेज मगाउने भएको छ । छनबिन समितिका सदस्यसचिव सुरेन्द्र अर्यालले आज समितिका सदस्यहरूले सिंहदरबारको दक्षिण र पश्चिम गेटको सीसीटीभी फुटेज मगाउने निर्णय […]

जनार्दन शर्मा प्रकरणः सीसीटीभी फुटेज नभेटे के के छन समितिसँग अन्य विकल्प ?

निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष छानबिन समिति अहिलेसम्म अन्यौलमा छ। अहिलेसम्मको छानविन र बयानबाट समितिले ‘यसै भएको हो’ भन्ने विषयमा सुराक समेत भेटेको छैन। अहिलेसम्म भएको छानबिनमा अर्थमन्त्रीविरुद्ध ...

आज पूर्वअर्थमन्त्री शर्मालाई बोलाएर सोधपुछ गर्दै संसदीय छानबिन समिति

काठमाडौँ - बजेट निर्माणका क्रममा अर्थ मन्त्रालयलमा अनधिकृत व्यक्तिको घुसपैठ र सीसीटीभी फुटेज प्रकरणमा छानबिन गर्न गठित संसदीय विशेष समिति समितिको आज बैठक बस्दैछ । बुधबार सिंहदरबारमा बस्ने समितिको बैठकमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्मालाई बयानका लागि बोलाइएको छ। समितिले यसअघि मन्त्रालयका अर्थ सचिव र राजस्व सचिव, सहसचिव र अन्य...

आज पूर्वअर्थमन्त्री शर्मालाई बोलाएर सोधपुछ गर्दै संसदीय छानबिन समिति

काठमाडौँ - बजेट निर्माणका क्रममा अर्थ मन्त्रालयलमा अनधिकृत व्यक्तिको घुसपैठ र सीसीटीभी फुटेज प्रकरणमा छानबिन गर्न गठित संसदीय विशेष समिति समितिको आज बैठक बस्दैछ । बुधबार सिंहदरबारमा बस्ने समितिको बैठकमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्मालाई बयानका लागि बोलाइएको छ। समितिले यसअघि मन्त्रालयका अर्थ सचिव र राजस्व सचिव, सहसचिव र अन्य...

आज पूर्व अर्थसचिवहरूसँग छलफल गर्दै संसदीय विशेष छानबिन समिति

काठमाडौं : पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिले पूर्व अर्थसचिवहरूसँग छलफल गर्दैछ।बुधबार पूर्व अर्थसचिवहरूलाई छलफलमा बोलाएको समितिका सचिव सुरेन्द्र अर्यालले जानकारी दिए। बिहान बस्ने  बैठकमा पूर्वअर्थसचिव रामेश्वर खनाल, शिशिर ढुंगाना र शान्तराज सुवेदीलाई छलफलका लागि बोलाइएको छ।मंगलबारको बैठकले सीसीटीभी फुटेज रिकभरका लागि नेपाल प्रहरीको विधिविज्ञान प्रयोगशालाको सहयोग लिने निर्णय गरेको थियो। समितिले पूर्व अर्थमन्त्री शर्मालाई पनि बयानका लागि बोलाउन

अर्थ मन्त्रालयको मूल ढोकादेखिकै सीसीटीभी फुटेज हेर्दै छानबिन समिति

३२ असार, काठमाडौं । बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेशबारे छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले अर्थ मन्त्रालयको सिसिटिभी फुटेजको अध्ययन सुरु गरेको छ । शनिबार सिंहदरबारमा बसेको समितिको बैठकले अर्थ मन्त्रालयको मूल गेटदेखिका सीसीटीभीका गतिविधिहरुमा विशेष जोड दिएर अध्ययन गरिरहेको बताएको हो । ‘बजेट निर्माण प्रक्रियासँग सम्बन्धित रहेर हामीले अनुसन्धान गरिरहेका छौं । हामी […]

सीसीटीभी फुटेज खै ? मेटियो !

१९ असार, काठमाडौं । अर्थ मन्त्रालयले बजेट निर्माणको समयको सीसीटीभी फुटेज सुरक्षित नरहेको बताएको छ । बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश दिइएको भन्दै अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागेको प्रमुख प्रतिपक्षी नेकपा एमालेले सीसीटीभी फुटेज सार्वजनिक गर्न माग गर्दै आएको थियो । अर्थमन्त्री शर्माले एमालेको आरोपको खण्डन गरे पनि सीसीटीभी फुटेजबारे भने मन्त्रालय बोलेको थिएन । […]