गणतान्त्रिक चेत

आज गणतन्त्र घोषणा भएको दिन । यो गणतन्त्र त्यसै आएको होइन । लामो सङ्घर्षको प्रतिफल हो । यो अचानक प्रकट भएको पनि होइन । नेपालीजनको वर्षौंको स्वप्न थियो । २०६२/०६३ को आन्दोलनको अन्तिम दिन नेपालको प्रमुख ऐतिहासिक सहर वीरगन्जका आन्दोलनकारीहरूले सडकबाटै राष्ट्रपति घोषणा गरेका थिए । यो घटनाले दर्शाउँछ गणतन्त्र नेपालको सपना नेपाली मानसमा पुरानो हो । हाम्रो गणतन्त्र आयातित होइन । यो त नेपाली समाजको स्वाभाविक विकासक्रमको उपज हो । हामीले लोकतान्त्रिक गणतन्त्र ल्याएका छौँ । कतै गणतन्त्र पद्धति भएर पनि लोकतन्त्र नहुन सक्छ । हामीले लोकतान्त्रिक व्यवस्था आत्मसात् गर्ने क्रममा एकात्मक शासनलाई हटायौँ । केन्द्रीय वर्चस्वशाली पद्धतिलाई समाप्त ग-यौँ । आधुनिक नेपालमा भएका सबै क्रान्तिले जनतालाई बलियो बनाउँदै आएको छ । प्रत्येक आन्दोलन अर्को आन्दोलनको पूरक हो वा यसो भनौँ प्रत्येक आन्दोलनले परिवर्तनलाई गति दिएको छ । गणतन्त्र नेपालको आकाङ्क्षा ००७ सालदेखि नै रहे पनि त्यो ०६३ को आन्दोलनपछि मात्र सम्भव भयो । गणतन्त्र र सङ्घीयता एकअर्कालाई पोषण दिन्छ । हामीले गणतन्त्रसँगै प्रादेशिक संरचनामा जाने सङ्कल्प राख्यौँ ।

सम्बन्धित सामग्री

राष्ट्रपति विरोधको कलुषित अन्तर्य

कतिपय प्रबुद्ध बुद्धिजीवी र प्राज्ञिक व्यक्तिहरू अत्यन्त पछौटे चेत, चिन्तन र चरित्रले ग्रस्त छन् । यसमा ठूला घरानियाँका मिडिया र छापा पत्रिका पनि पछौटे मनोविज्ञानबाट ग्रस्त देखिन्छन् । तिनीहरू सङ्घीय लोकतान्त्रिक तथा गणतान्त्रिक शासनकालमा पनि जात, भात, नाक, नश्ल तथा राजनीतिक आग्रह र आदतका दास बनेको देखिन्छ । विद्यार्थीकालको वाम प्रभाव पूरै परित्याग गर्नुभएका प्राडा अभि सुवेदीलाई उहाँ धरानमा पढ्दा कम्युनिस्ट हुनुहुन्थ्यो भनेर केही वर्ष अघि सिक्किममा हुने साहित्यिक समारोहको प्रमुख अतिथि हुनबाट केही अतिवादीले रोकेका थिए ।