प्रतिनिधि सभा विघटनको विषयका मुद्दा प्रधानन्यायाधीश राणाको इजलासमा

काठमाण्डाै - प्रतिनिधि सभा विघटनको विषयलाई लिएर सर्वोच्च अदालतमा परेका ३० वटा रिटहरूमध्ये १९ वटा रिटमा आज सुनुवाइ हुँदैछ । १९ वटा मुद्दा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको इजलासमा परेका छन् । सर्वोच्चमा परेका ३० वटा रिटमध्ये अन्तरिम आदेश माग गरेर दर्ता भएका साधारण प्रकृतिका १९ वटा मुद्दामा आज सुनुवाइ भइरहेको हो । यी रिटको सुनुवाइको लागि प्रधानन्यायाधीश राणाले आफ्नै इजलासमा पार्नुभएको हो । आज सुनुवाइ भइरहेका केही रिट सरकारको निरन्तरता र तोकिएको समयमै चुनाव हुनुपर्ने पक्षका समेत रहेका छन् । आज सुनुव...