प्रतिनिधि सभा विघटनविरुद्धका रिटमाथिको बहस अन्तिमतिर

काठमाण्डाै – प्रतिनिधि सभा विघटनविरुद्धको रिटमाथि बुधवार पनि सरकारी पक्षका वकिलहरूले बहस गरेका छन् । गएकाे माघ ४ गतेदेखि संवैधानिक इजलासमा बहस सुरु भएकोमा १९ गतेदेखि प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिटमा सरकारको पक्षबाट वकिलले बहस गरिरहेका छन् । प्रतिनिधि सभा विघटनको पक्षको बहस अन्तिम चरणमा पुगेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बिहीवार एक घण्टामा बहस सक्न आग्रह गर्नुभएको छ । बुधवार १५ जना वकिलले बहस गरेका थिए । बहसमा वकिलहरूको नयाँ कुरा नआएपछि बुधवार केही वकिललाई दुई मिनेट मात्रै बहसको समय ...