मेलम्चीको व्यापार, व्यवसाय बर्खा लागेसँगै सुस्त

गत वर्षको बाढीबाट तङरिँदै गरेको मेलम्ची बजारको चहलपहल फेरि हराउन थालेको छ । दैनिक एक करोडसम्मको कारोबार हुने सिन्धुपाल्चोककै प्रमुख व्यापारिक केन्द्र मेलम्ची बजारमा बर्खा लागेसँगै यातायात सञ्चालन तथा मानिसलाई आवतजावत गर्न पुल नहुँदा व्यापार व्यवसायमा पनि धक्का लागेको छ । सोही कारण मेलम्ची बजारको रौनकता हराउँदै गएको छ । चार गाउँपालिकाको व्यापारिक सङ्गम मेलम्ची बजारमा रहेका करिब दुई सय थोक तथा खुद्रा पसलबाट दैनिक करोडको हाराहारीमा कारोबार हुन्थ्यो । गत वर्षको बाढीले कारोबार एकै झट्कामा झण्डै