न ठूला एजेण्डा, न घोषणापत्रै! १० पटक त जितिसके, ८१ वर्षे उमेरमा एघारौँ जितका लागि फेरि भिड्दैछन्

ललितपुर : चुनाव जित्न के चाहिएला? स्वाभाविक उत्तर हुनसक्ला-बलियो संगठन, लोकप्रिय नारा र पैसा। संघीय लोकतान्त्रिक गणतन्त्रमा चुनाव असाध्यै महँगो भइसकेको छ। तर, ललितपुरका नरसिंह व्यञ्जनकार अपवाद हुन् संगठन, नारा र पैसाको मामिलामा। पैसा, बलियो पार्टीमात्रै होइन चुनावी नारा र घोषणापत्र पनि छैन उनको। छ त १० पटक वडा अध्यक्षमा…