स्वरोजगार बन्दै सल्यानका युवायुवती

सल्यान : सल्यानका युवायुवती सीप सिकेर स्वरोजगार बन्न थालेका छन्। जिल्लाको शारदा नगरपालिकाभित्रका युवायुवतीहरू सीप सिकेर स्वरोजगार बन्न थालेका हुन्।आर्थिक आयआर्जनमा सहयोग पुगोस् भन्ने उद्देश्यले सीप सिकेको शारदा नगरपालिका-९ की गंगा बुढाथोकीले भनिन्‚ ‘सीप सिक्छौं।आत्मनिर्भर बन्छौं। आर्थिक आयआर्जनको क्रियाकलापमा प्रयत्क्ष संलग्न हुन्छौं।’ गाउँमा बसेर सीप नसिक्दा बेरोजगार बन्नु परेको पीडालाई सम्झँदै उनले हातमा सीप भएपछि अब व्यावसायिक बन्दै आत्मनिर्भर बन्ने योजना बनाएको बताइन्।

सम्बन्धित सामग्री

गरिखाने रोजगारमुखी शिक्षा आजको आवश्यकता

रोजगार सिर्जना गर्दै स्वरोजगार बन्न र विश्व श्रम बजारमा खरो प्रतिस्पर्धा गर्न सक्षम नागरिक बनाउने शिक्षा नीति आजको आवश्यकता हो । कोरोना कहरका कारण बेरोजगारी दर विकराल बन्दै छ । रोजगार सिर्जनाका अवसर र प्रयासलाई कोरोनाले थला पारेको जगजाहेर नै छ । विगतमा भविष्यदर्शी शिक्षा योजनाको अभावले अहिले पढेलेखेका भनिएका युवायुवती नै हातमा उच्च अंक […]

स्वरोजगार बन्दै हुम्लाका युवायुवती

स्थानीय अन्नबालीबाट खाजा नास्ताका परिकार बन्न थालेपछि बेरोजगार युवायुवती स्वरोजगार बन्न थाल्नु भएको छ । काम गर्ने ईच्छामा सीप प्राप्त हुँदा व्यवसाय सञ्चालनमा आएपछि बेरोजगार बस्नु नपरेको हो । लामो समय बेरोगार बस्दै आउनु भएकी पेमाडोल्मा लामाले हुम्लाका उत्पादन फापर, कोदो, जौ, उवा, चिनो लगाएतका अन्नबाट खाजाको परिकार बनाउने व्यवसाय सञ्चालन गरेर स्वरोजगार सृजना भएको बताउनुभयो । सो व्यवसायमा चार जना मिलेर सीप सिकेका कुरावाट सो व्यवसाय सुरु गर्नु भएको हो । उहाँलाई केही गर्ने चाहाना भएपनि सीपको अज्ञानताले बेरोजगार बसी रहेका बेला सिनामल, मुफिन, बम, पिजा, केक, पाउरोटी लगाएतका दस वटा नास्ताका परिकार बनाउने तालिम प्राप्त भएपछि काम खोज्न जानु परेको छैन ।