सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पनि थुनछेक बहस

काठमाडौँ – नेपाली क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज पनि थुनछेक बहस हुने भएको छ। जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधव घिमिरेको इजलासमा बुधबार थुनछेक बहस भए पनि नसकिएपछि आज फेरि बहस हुन लागेको हो। बुधबार सरकारी वकिलका तर्फबाट चार जनाले बहस गरेका थिए। सन्दीपको तर्फबाट पनि २ जना कानुन व्यवसायीले बहस गरे। […]