जिल्ला प्रहरी कार्यालय सुर्खेतले काठमाडौँ कारागारबाट फरार एक कैदीसहित पाँच लागुऔषध प्रयोगकर्तालाई वीरेन्द्रनगरबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा ‘जेनजी’ प्रदर्शनका क्रममा गत भदौ २४ गते काठमाडौँ कारागारबाट फरार भएका जगन्नाथ देवल रहेका छन्। उनलाई थप कारावास सजायका लागि कारागार सुर्खेतमा पठाइएको प्रहरीले जनाएको छ। साथै वीरेन्द्रनगर नगरपालिका–७, ८, ११ र १२ नं वडाबाट पाँच लागुऔषध […]
काठमाडौँ- मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनालले उद्योगको लाइन अविलम्ब जोड्न प्रधानमन्त्री सुशीला कार्कीको ध्यानाकर्षण गराएका छन्। आइतवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मुख्यमन्त्री–प्रधानमन्त्रीबीचको छलफलमा यस्तो ध्यानाकर्षण गराएको मुख्यमन्त्री सोनालले बताए। बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले उद्योगहरूको विद्युत् लाइन काटिँदा हजारौँ युवा बेरोजगार हुने स्थिति भएको भन्दै समस्याको तत्काल समाधान गर्न आग्रह गरिएको बताए। उनले भने, ‘संघीय […]
चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा वीरगञ्ज नाकाबाट रु चार अर्ब ६१ करोड बराबरको खाद्यान्न आयात भएको छ। धान, चामल, मकै, माल्टलगायत १६ प्रकारका खाद्यान्न वस्तुहरू भारतसहित विभिन्न देशबाट नेपाल भित्रिएका हुन्। गत आर्थिक वर्षको सोही अवधिमा रु तीन अर्ब चार करोड बराबरका खाद्यान्न आयात भएका थिए। यस वर्ष सोही अवधिमा रु एक […]
सर्वोच्च अदालतले अन्तरिम सरकारले राजदूतहरू फिर्ता बोलाउने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ। न्यायाधीश शारङ्गा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले आज अन्तरिम आदेश जारी गर्दै मन्त्रिपरिषद्को निर्णय रोक्का गरेको हो। आदेशमा भनिएको छ, “विभिन्न देशका १७ जना आवासीय राजदूतमध्ये ११ जनालाई मात्र छनोट र पदमुक्त गरी फिर्ता बोलाउने निर्णय गर्दा त्यसको आवश्यकता र […]
काठमाडौँ- नेपाल प्रहरीले ‘जेन-जी’ प्रदर्शनका क्रममा हतियार लुट्ने एकजनालाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले प्रदर्शनका क्रममा प्रहरी कार्यालबाट हतियार लुट्ने काभ्रेपलाञ्चोक घर भई काठमाडौँको गोकर्णेश्वर बस्ने २२ वर्षीय राजा तामाङ भन्ने वाङ्सु लामालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो। काठमाडौँ महानगरपालिका–७, लाहुरे टोलस्थित प्रवीण घिमिरे भन्ने भरत विश्वकर्माले सञ्चालन गर्दै आएको सोलुखुम्बु […]