५ हजार व्यावसायिक फर्ममा अनुगमन

वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले गएको एक वर्षमा पाँच हजार व्यावसायिक फर्ममा अनुगमन गरेको छ । बजारमा हुने ठगी, कृत्रिम अभाव, कालोबजारी नियन्त्रण गरी उपभोक्ता अधिकार सुरक्षित राख्न विभागले मुलुकभर ४ हजार ९ सय १५ वटा व्यावसायिक फर्ममा अनुगमन गरेको हो ।

सम्बन्धित सामग्री

फेरिएन अनुगमनको चुनौती

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपत्यकामा बजार अनुगमन गरेकामध्ये ९८ प्रतिशत कुनै न कुनै जरिबाना वा कारबाहीमा पर्ने गरेका छन् । विभागले चालु आर्थिक वर्षको साउनदेखि पुस १० सम्म ७११ वटा अनुगमन टोलीले दुई हजार २७२ वटा व्यावसायिक फर्मको अनुगमन गरेकामा दुई हजार २२७ मा कुनै न कुनै कैफियत भेटिएको हो । जसमा ३५ वटा व्यावसायिक फर्म मात्रै सामान्य अवस्थाका भेटिएको विभागले जनाएको छ । त्यसो त विभागले पुस मसान्तसम्म एक हजार ९२४ वटा अनुगमन गर्ने लक्ष्य लिएकामा पुस १० सम्म नै दुई हजार २२७ व्यावसायिक फर्मको अनुगमन गरिसकेको छ ।

३४७ व्यावसायिक फर्म कारबाहीमा

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मापदण्ड विपरीत कारोबार गर्ने ३४७ वटा व्यावसायिक फर्मलाई कारबाही गरेको छ । चालू आर्थिक वर्षको साउनदेखि असोज १२ सम्ममा एक हजार एक सय ४६ वटा व्यावसायिक फर्म अनुगमन गर्दा ३४७ वटा व्यावसायिक फर्मलाई कारबाही गरेको हो । मापदण्ड उल्लघंन गरी व्यवसाय गर्ने ३४७ वटा फर्मलाई कारबाही गरी ९२ […]

अनुचित कारोबारमा संलग्न ९९६ फर्मलाई कारबाही

वैशाख ५, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले ९ महीनामा (गत साउनदेखि चैत मसान्तसम्म) काठमाडौं उपत्यकाका दुई हजार १२९ व्यावसायिक फर्म अनुगमन गरी अनुचित कारोबारमा संलग्न ९९६ फर्मबाट रू. एक करोड १८ लाख ६१ हजार राजस्व संकलन गरेको छ ।  अनुगमन गरिएका फर्ममध्ये झन्डै आधा फर्मलाई कारबाहीस्वरुप जरिवाना गरिएको विभागका निर्देशन हरि पँगेनीले जानकारी दिए । उनले सामान्य गल्ती गर्ने फर्मलाई एक पटक सुधारको मौकासमेत दिइएको जानकारी दिए । सो अवधिमा ९०० फर्मलाई सामान्य सुधार गर्न र ४६१ फर्मलाई आवश्यक कागजात वा स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको तथा १७ फर्मका वस्तुको नमूना संकलन, तीनजना पक्राउ र १२ फर्मको कारोबार रोक्का गरी सिलबन्दी गरिएको थियो । यस्तैगरी, खान अयोग्य वा म्याद सकिएका रु ५३ लाख ५४ हजार ८४७ बराबरको वस्तु तत्कालै नष्ट गर्न लगाइएको थियो । सो अवधिमा सबैभन्दा धेरै ६२७ खाद्यान्न तथा किराना पसल अनुगमन गर्दा ३६८ पसललाई कारबाहीस्वरुप जरिवाना गरिएको थियो ।  यस्तै १८६ ओटा कस्मेटिक तथा कपडा पसल, ११२ फार्मेसी, आठ स्टेशनरी पसल, १० सर्जिकल हाउस, ५३ अण्डा तथा मासु पसल, ३४ मार्ट, १६ फ्युल तथा कोइला पसल, नौ ग्यास पसल, सात ग्रोसरी, २० डिपार्टमेन्ट स्टोर, ३१ मदिरा तथा पेयपदार्थ, ६८ फलफूल तथा तरकारी पसल, ५० दुग्धजन्य पदार्थ तथा बेकरी र ८८७ अन्य उद्योगको अनुगमन गरिएको थियो । अनुगमनका क्रममा उपभोक्तासँग बढी मूल्य लिने, कृत्रिम अभाव सिर्जना तथा कालोबजारी गर्ने, म्याद सकिएका खानेकुरा बेच्ने तथा खरीदविक्री बिल नराख्ने फर्मलाई रू. पाँच हजारदेखि तीन लाखसम्म जरिवाना गरिएको विभागले जानकारी दिएको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम अनुचित व्यापारिक कारोबार गर्ने पसललाई जरिवाना गरिएको विभागले जानकारी दिएको छ ।  पछिल्लो समय बजारमा छडलगायत निर्र्माणसामग्रीको मूल्य उच्च भएको र ग्यास व्यवसायीले खाना पकाउने एलपी ग्यास लुकाएको उपभोेक्ताबाट गुनासो आएपछि ग्यास र छड केन्द्रित भएर अनुगमन गरिएको विभागका सूचना अधिकारी धनेश्वर पौडेलले जानकारी दिए ।  नियमित बजार अनुगमन भइरहेको उल्लेख गर्दै उनले विभागले उपभोग्य वस्तु र गुणस्तरमा केन्द्रित भएर अनुगमन गर्ने गरेको बताए । रासस

उपभोक्ता ठगी गर्ने ८६३ व्यावसायिक फर्म कारबाहीमा

उपभोक्ता ठगी गर्ने ८ सय ६३ व्यावसायिक फर्म कारबाहीमा परेका छन् । वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले चालू आर्थिक वर्षको साउनदेखि माघसम्म बजार अनुगमन गरेर उपभोक्ता ठगी ती फर्मलाई कारबाही गरेको हो ।सो अवधिमा विभागले १ हजार ८ सय व्यावसायिक फर्ममा अनुगमन गरेको थियो । उपभोक्ता ठगी गर्ने फर्मलाई कसुरअनुसार ५ हजारदेखि ३ […]

उपभोक्ता ठगी गर्ने ८६३ व्यावसायिक फर्म कारबाहीमा

काठमाडौं । उपभोक्ता ठगी गर्ने ८६३ व्यावसायिक फर्म कारबाहीमा परेका छन् । वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले चालू आ.व.को साउनदेखि माघसम्म बजार अनुगमन गरेर उपभोक्ता ठगी ती फर्मलाई कारबाही गरेको हो । सो अवधिमा विभागले १ हजार ८ सय व्यावसायिक फर्ममा अनुगमन गरेको थियो । उपभोक्ता ठगी गर्ने फर्मलाई कसुरअनुसार ५ हजारदेखि ३ […]

६ महिनामा ८२१ व्यावसायिक फर्म कारबाहीमा

चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा ८ सय २१ व्यावसायिक फर्मलाई सरकारले कारबाही गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले साउनदेखि पुस महिनासम्म उपभोक्ता संरक्षण ऐनविपरीत काम गर्ने उद्योगी–व्यवसायीलाई कारबाही गरेको हो ।सो अवधिमा १ हजार ६ सय ८७ फर्ममा अनुगमन गरिएको थियो । विभागका प्रवक्ता हरि पंगेनीले उपभोक्ता संरक्षण ऐनविपरीत काम गर्ने उद्योगी–व्यवसायीलाई […]

कालोबजारी गर्ने ५२ वटा व्यावसायिक फर्म कारबाहीमा

सुनसरी वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले एक वर्षमा ५२ वटा व्यावसायिक फर्मलाई कारबाही गरेको छ ।गत आर्थिक वर्ष २०७७/०७८ मा २ सय २ वटा फर्महरू अनुगमन गरेकामध्ये बदमासी गर्ने ५२ वटा फर्मलाई कारबाही गरेको हो । कारबाहीमा परेका उद्योग र पसलहरू छन् । वाणिज्य कार्यालयले मंगलबार पत्रकार सम्मेलन गरी ५२ वटा फर्मलाई कारबाही […]

मोरङका ५२ ओटा व्यावसायिक फर्ममाथि कारवाही

साउन ६, विराटनगर । नागरिकको स्वास्थ्यमाथि खेलवाड गर्ने, बढी मूल्य लिने, र उपभोग्य मिति समाप्त भएर पनि विक्री वितरण गर्दै आएका ५२ ओटा व्यावसायिक फर्म कारबाहीमा परेका छन् । वाणिज्य, आपूिर्त तथा उपभोक्ता संरक्षण कार्यालयद्वारा बुधवार आयोजित पत्रकार सम्मेलनमा आर्थिक वर्ष २०७७/७८ मा २०२ ओटा व्यावसायिक फर्ममा अनुगमन गरिएकोमा सो संख्याका फर्ममा कारवाही गरिएको जानकारी दिइएको छ ।  तीमध्ये विराटनगरस्थित जैसानी ट्रेड कन्सर्न, विके मसला उद्योग सेन्ट्रल बजार प्रालि, कटहरीस्थित अंश लघु घरेलु उद्योग बूढीगंगास्थित विज्ञान फर्मेसी र इटहरीस्थित विनिता सर्जिकल हाउस रू. दुई लाख वा सोभन्दा बढी जरिवानामा परेका थिए  ।  ती फर्मबाट रू. १९ लाख पाँच हजार जरिवाना असुल गरिएको  कार्यालयका निमित्त प्रमुख सन्तोष पोखरेलले जानकारी दिए । कार्यालयले आर्थिक वर्ष २०७६/७७ मा २२ फर्ममाथि कारवाही गरी रू. नौ लाख २५ हजार जरिवाना गरेको थियो । यसैबीच गत आर्थिक वर्षमा एक हजार ८३९ नयाँ फर्म दर्ता भएकामा तीन हजार ३०६ फर्मको नवीकरण/संशोधन र २०० फर्म खारेजीमा परेको कार्यालयले जानकारी दिएको छ । यस प्रदेशको १४ जिल्ला कार्यक्षेत्रभित्र परे पनि विगतका वर्षमा मोरङमा मात्र कार्यालयले अनुगमन गर्दै आएकामा गत आर्थिक वर्ष सुनसरी, झापा, धनकुटा, इलाम, पाँचथर र उदयपुर जिल्लाका व्यावसायिक फर्ममा अनुगमन गरेको थियो । रासस

म्याग्दीमा १ वर्षमा ७६२ ओटा व्यावसायिक फर्म थपिए

म्याग्दी । म्याग्दीमा पछिल्लो एक वर्षमा ७६२ उद्योग तथा व्यावसायिक फर्म थपिएका छन् । घरेलु तथा साना उद्योग कार्यालयमा ५०० उद्योग र २६२ ओटा वाणिज्य फर्म दर्ता भएका हुन् । २०७७ साउनदेखि २०७८ असार अन्तिम हप्तासम्म दर्ता भएका उद्योग र वाणिज्य फर्मबाट रू. २६ लाख ८ हजार राजस्व संकलन भएको कार्यालयका प्रमुख नन्दलाल पौडेलले जानकारी दिए । ‘पहिलेदेखि नै सञ्चालन भएका उद्योग तथा फर्महरू कानूनी दायरामा आउनुका साथै उद्यम व्यवसायतर्फको आकर्षणका कारण दर्ता संख्या बढेको हो,’ उनले भने, ‘नयाँ फर्म तथा उद्योग दर्ता गर्नेमा धेरैजसो युवा छन् ।’ उद्योग दर्ताबाट १४ लाख ३४ हजार  र वाणिज्य फर्म दर्ताबाट ११ लाख ७४ हजार राजस्व संकलन भएको छ । नयाँ दर्ता भएका ५०० ओटामध्ये ३६८ ओटा कृषि तथा वन पैदावारमा आधारित छन् । यसअघि दर्ता भएका २९८ उद्योग र ३९८ ओटा वाणिज्य फर्म नवीकरण भएका छन् । चालू आर्थिक वर्षमा कुल १ करोड १६ लाख २८ हजार बजेट विनियोजन भएको घरेलु कार्यालयले भौतिकतर्फ ९९ प्रतिशत र वित्तीयतर्फ ७६ प्रतिशत प्रगति गरेको जानकारी दिएको छ । यसैगरी १५१ जनालाई उद्यमशीलता विकास, ३८ जनालाई युवा उद्यमशीलता शीप विकास, २७ जना उद्यमी सृजना, १६ जनालाई उद्योग प्रवर्द्धन, कोरोनाका कारण श्रम छाडेर घर फर्केका ३५ जनालाई शीप विकास र १८ जनालाई परम्परागत शीपमा आधारित व्यवसाय प्रवद्र्धन तालीम प्रदान गरेको छ । कार्यालयले अल्लो तथा ढाकाको झोला, पर्स डिजाइन, हलुका सवारी चालक, सिलाइकटाइ, ब्युटी पार्लर, कम्प्युटर, हाउस वायरिङसम्बन्धी तालीम दिएको हो । यस्तै एघार पटक ११८ ओटा पसल तथा फर्मको बजार अनुगमन गरेको छ भने १६ जना उद्यमीलाई १३ लाख ७६ हजार रुपैयाँ बराबरको उपकरण वितरण गरेको छ । रासस

वाणिज्य विभागले ३ दिनमा ४६ वटा व्यावसायिक फर्म अनुगमन गर्यो, २३ लाई जरिवाना

काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दैनिक बजार अनुगमनबाट ३ दिनमा २३ वटा व्यवसायीलाई  जरिवाना गरेको छ