आम निर्वाचन २०७९ : कति छन् अस्थायी मतदाता ?

काठमाडौं । निर्वाचन आयोगले अस्थायी मतदाताको नामावली संकलनको कार्य सम्पन्न गरेको छ । स्थायी मतदाताको सूचीमा रहेकामध्ये एक लाख ४९ हजार १६४ जना अस्थायी मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ । अस्थायी मतदाता नामावली संकलन भएकामध्ये निर्वाचन आयोगले अहिलेसम्म एक लाख ४४ हजार ६ सय २५ जनाको प्रमाणिकरण गरेकाले उनीहरु मतदान गर्न योग्य भएको आयोगका […]