काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले बीमाको पहुँच दुर्गम क्षेत्रमा पुर्याउन आवश्यक रहेको बताएका छन्।सुर्खेतमा बिहीबार बीमा समितिको प्रादेशिक कार्यालय उद्घाटन गर्ने क्रममा अर्थमन्त्री शर्माले दूरदराजसम्म बीमाको पहुँच पुर्याउन बीमा समितिलाई निर्देशन दिएका हुन्।कर्णालीका अधिकांश नागरिक बीमाको पहुँचबाहिर रहेको भन्दै उनले बीमाको सेवा विस्तार गर्न आग्रह गरे। नयाँ विधेयकमा सरकारले बीमा प्राधिकरण, बीमा प्रतिष्ठान, बीमा सूचना केन्द्रजस्ता संरचनाको प्रस्ताव गरेको भन्दै उनले जनशक्ति व्यवस्