प्रधानमन्त्री देउवासँग प्रचण्ड र नेपालको भेट - भोलि गठबन्धनको बैठक बस्ने

काठमाण्डाै - प्रधानमन्त्री शेरबहादुर देउवासँग सत्ता गठबन्धन दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले भेटवार्ता गर्नुभएको छ ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा गठबन्धन दलको बैठक र समसामयिक विषयमा छलफल भएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो । शीर्ष नेताको आजको भेटमा भोलि दिउँसो चार बजेका लागि सत्ता गठबन्धनको बैठक बोलाउने सहमति भएको छ ।यसअघि आज बस्ने भनिएको पाँच दलीय गठबन्धन समन्वय समितिको बैठक स्थगित भएको थियो । गठबन्धन...