काठमाडौं- सरकारद्वारा गठित वार्ता समिति र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ अभियानका प्रतिनिधिबीचको वार्ता सौहार्दपूर्ण रूपमा सम्पन्न भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा मंगलबार साँझ सम्पन्न वार्ता फलदायी भएको सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए । उनले भने, “सरकार र नागरिक बचाउ अभियानबीच सौहार्दपूर्ण वातावरणमा सकारात्मक कुराकानी भएको छ […]
काठमाडौँ- नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपालिका–१५ चमतिस्थित सडकमा ट्याक्सी जाँच गर्ने क्रममा लागुऔषध गाँजासहित भारतको केरलाका ३८ वर्षीय सोन साइमान ग्रेसेसलाई पक्राउ गरी आज (मंगलबार) सार्वजनिक गरेको हो। परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार ट्याक्सीबाट २३ किलो गाँजा बरामद गरिएको हो। […]
संखुवासभा। संखुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुन लागेको एक हजार ६३ मेगावाटको माथिल्लो अरुण आयोजना निर्माणका लागि दुई हजारभन्दा बढी रुख काटिएको छ। भोटखोला गाउँपालिका २ र ४ का राष्ट्रिय वन र सामुदायिक वनका रुख काटिएका हुन्। माथिल्लो अरुण आयोजना र पहुँचमार्ग निर्माणका लागि दुई हजार १६८ बोट रुख काटिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी चन्द्रलाल […]
काठमाडौँ- एक हातमा कागजपत्र अर्को हातमा नाति। मलिन अनुहारले नै भनिरहेको थियो, उनी कुनै समस्यासँग जुधिरहेका छन्। मङ्गलबार सिंहदरबारको गेटमा देखिएका जयलाल भट्टले नातिलाई अघि सार्दै प्रहरीसँग अनुमति मागे, ‘म भित्र जानुछ हजुर! मैले कसैलाई चिनेको छैन भित्र जानका लागि, तर भित्र नगई भएको छैन।’ प्रहरीलाई बिरामी नातिको उपचारका लागि सहयोग माग्न भित्र जानैपर्ने बाध्यता […]
काठमाडौँ। निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भएको बताएका छन्। निर्वाचन आयोगले आज (मंगलबार) आयोजना गरेको निर्वाचनकेन्द्रित सरकारका मन्त्रीसहितको छलफलमा उनले तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्न आयोग निर्वाचन घोषणा भएदेखि नै दृढ अठोटका साथ लागेको र अब पनि दृढ अठोटका साथ लाग्ने प्रतिबद्धता […]