नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा देखिएका समस्या र चुनौतीहरूको समाधान गर्दै अघि बढ्नुपर्ने बताएका छन् । योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली शुरु भएको आज चार वर्ष पुरा भएको उपलक्ष्यमा आयोजित एक कार्यक्रममा उनले सामाजिक सुरक्षाको प्रत्याभूति गरी श्रम क्षेत्रका समस्या समाधान गर्दै असल श्रम सम्बन्ध विकास गर्ने हामी सवैको साझा लक्ष्य भएको बताए ।ढकालले भन्नुभयो ‘सामाजिक सुरक्षा प्रणाली हाम्रो लागि नयाँ भएकोले यस