सुबास दर्नाल/उज्यालो ।
सोलुखुम्बु, फागुन ८ – सोलुखुम्बुको पर्यटकीय क्षेत्र खुम्बुमा जाडो घटेसँगै पर्यटकहरुको चहलपहल बढेको छ । जाडो बढेसँगै पर्यटकीय स...
२८ फागुन, मुस्ताङ। वसन्त ऋतुको आगमनसँगै मुस्ताङमा पर्यटकको चहलपहल बढेको छ । म्याग्दी हुँदै सडकमार्ग भएर मुस्ताङ जाने र फर्कने पर्यटकको बेनी–जोमसोम सडकमा चाप बढेको हो । मुक्तिनाथ मन्दिर, कागबेनी, कोरला नाका, लोमान्थाङ, जोमसोम, ढुम्वा ताल, ठिनी, लेतेलगायत ठाउँमा पर्यटकको घुइँचो लागेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को जोमसोमस्थित कार्यालय प्रमुख अशोक सुवेदीले आन्तरिक […]
चौतारा– सिन्धुपाल्चोकको चौतारास्थित बुद्धपार्कमा पछिल्लो समय पर्यटकको चहलपहल बढेको छ । चारैतिर सुन्दर देखिने पहाडका बस्ती र चिटिक्क देखिने सदरमुकाम चौतारा बजार नजिकै रहेको बुद्धको प्रतिमासहितको पार्कबाट देखिने प्राकृतिक सुन्दरताले धेरैको मन लोभ्याउने गरेको छ । शान्तिको प्रतीक बुद्धलाई डाँडाकाँडाले घेरिएको प्राकृतिक सुन्दरता, हरियो वातावरणमा बादलले छोपिएको सुन्दर पहाड र बस्ती, जिल्ला सदरमुकाम चौताराको पर्यटकीय […]
लमजुङका पर्यटकीय गाउँहरुमा अहिले आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ । पछिल्लो समय होमस्टे घुम्न गएर बिदा मनाउने आन्तरिक पर्यटकहरुको संख्या पनि बढेकाले पर्यटकीय गाउँमा चहलपहल बढेको हो ।
दसैं र तिहार...
चितवन । पछिल्लो समय चितवन राष्ट्रिय निकुञ्जमा पर्यटनको चहलपहल बढ्न थालेको छ । कोरोनाको कारण निकुञ्जमा पर्यटनको संख्यामा कमी आएको थियो । पछिल्लो समय कोरोना महामारी मत्थर भएसँगै पर्यटनको संख्या पनि बढ्न थालेको निकुञ्जले जानकारी दिएको छ ।
चालू आर्थिक वर्ष २०७८/७९ को फागुनसम्म निकुञ्जमा संख्या १ लाख ८ हजार २५४ जना पर्यटकले निकुञ्जमा भ्रमण गरिसकेका छन् । उक्त संख्या गत आर्थिक वर्ष २०७७/७८ को सोही अवधिको तुलनामा बढी रहेको निकुञ्जले जानकारी दिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा निकुञ्ज भ्रमण गर्ने पर्यटनको संख्या ९२ हजार २०९ थियो ।
निकुञ्जका अनुसार अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा १ लाख ८२ हजार ४३५ व्यक्तिले निकुञ्ज भ्रमण गरेका थिए । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चालू आवको पहिलो ८ महीनामा ५ हजार ३९४ जना विदेशी पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् । विदेशी पर्यटकको सो संख्यामा २ हजार ५४० महिला र २ हजार ८५४ पुरुष रहेको निकुञ्जको तथ्यांक छ ।
निकुञ्जका अनुसार चालू आर्थिक वर्षमा ४ हजार ८६५ जना सार्क मुलुकका पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् । गत आवमा सार्क मुलुकका विदेशी पर्यटकको संख्या १ हजार ३६४ रहेको थियो । सो आर्थिक वर्षमा सार्कबाहेक अन्य मुलुकका १ हजार २४४ जनाले निकुञ्जको भ्रमण गरेका थिए । रासस
तनहुँ । तनहुँको प्रसिद्ध धार्मिकस्थल आँधीमूलमा पर्यटकको चहलपहल बढ्दै गएको छ । आँधीमूल देवीको मन्दिरमा पुजापाठ र घुम्न आउने दर्शनार्थीको संख्यामा वृद्धि भएपछि यस क्षेत्रमा पर्यटकको चहलपहल बढेको हो । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ मा पर्ने आँधीमूलमा धार्मिक पर्यटकको चहलपहल बढ्दै गएको छ । आँधीमूल देवीको मन्दिरमा दर्शन गर्दा मनोकांक्षा पुरा हुने जनविश्वास रहेकाले मन्दिरमा पुजा […]
बुद्धजन्मस्थल लुम्बिनीमा यतिबेला पर्यटकको चहलपहल बढेको छ । कोरोना कहरपछि लुम्बिनीमा भारतीय, विदेशी पर्यटकहरु पनि आउन थालेका छन् । नेपाली पर्यटकहरुको संख्या यतिबेला लुम्बिनीमा दिनानुदिन बढ्दै गएको छ । तस्वीर : नरेश केसी, रासस
प्रताप बानियाँ, म्याग्दी। म्याग्दीको पर्यटकीय क्षेत्र टोड्केमा स्वदेशी पर्यटकको चहलपहल बढ्दै गएको छ । जिल्लाको बेनी नगरपालिका, मंगला र रघुगंगा गाउँपालिकाको संगमस्थलमा पर्ने टोड्के पर्यटकीय गन्तव्यको क्षेत्र बन्दै जान थालेको हो समुन्द्री सतहदेखि २ हजार ५ सय मिटरको उचाइमा अवस्थित पर्यटकीय क्षेत्र टोड्कमा आन्तरिक पर्यटकको आगमनमा वृद्धि हुँदै गएको टोड्के हिल रिसोर्ट प्रालिले जनाएको छ […]
म्याग्दी – म्याग्दीको पर्यटकीय क्षेत्र टोड्केमा स्वदेशी पर्यटकको चहलपहल बढ्दै गएको छ । म्याग्दीकाे बेनी नगरपालिका, मङ्गला र रघुगङ्गा गाउँपालिकाको सङ्गमस्थलमा पर्ने टोड्के पर्यटकीय गन्तव्यको क्षेत्र बन्दै जान थालेको हो ।
समुद्री सतहदेखि २ हजार ५ सय मिटरको उचाइमा रहेकाे पर्यटकीय क्षेत्र टोड्केमा खासगरी स्वदेशी पर्यटकको आगमनमा वृद्धि हुँदै गएको टोड्के हिल रिसोर्ट प्रालिले जनाएको छ । टोड्के क्षेत्र भ्रमण गर्ने पर्यटकहरुलाई लक्षित गरेर खाने, बस्ने र रमाउनका लागि रिसोर्ट निर्माण भएपछि पर्यटकको सङ्ख्या बढ्दै गएको हो ।
टो...
कोरोनाका कारण लामो समयसम्म पर्यटक पुग्न नसकेका लमजुङका पर्यटकीय गाउँहरुमा अहिले आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ। पछिल्लो समय होमस्टे घुम्न गएर बिदा मनाउने आन्तरिक पर्यटकहरुको संख्या पनि बढेकाले पर्यटकीय...
७ असोज, चितवन । कोरोना संक्रमणको दोस्रो लहर कम हुँदै गएपछि चितवनको प्रमुख पर्यटकीय केन्द्र सौराहामा आन्तरिक तथा बाह्य पर्यटकहरु देखिन थालेका छन् । पर्यटकहरु बढ्न थालेपछि पर्यटन तथा होटल व्यवसायीहरु उत्साही छन् । दशैं, तिहार जस्ता नेपालीहरुका ठूला चाडपर्वहरु सुरु भएसँगै आन्तरिक पर्यटकहरुसमेत अझै बढ्ने विश्वास व्यवसायीहरुको छ । पर्यटकहरुको चहलपहल देखिएपछि लामो समयसम्म […]