गगन थापाले मैतीदेवी मन्दिर मतदान केन्द्रबाट मतदान गर्ने

नेपाली काँग्रेसका महामन्त्री गगन थापाको मतदाता नामावली काठमाडौं महानगरपालिका वडा नम्बर ३० मा रहेको छ ।भोलि शुक्रबार हुने स्थानीय निर्वाचनमा महामन्त्री थापाले महानगरपालिका –३० को मैतीदेवीस्थित मैतीदेवी मन्दिर मतदान केन्द्रबाट मतदान गर्दैछन् ।संघीय सांसद समेत रहेका थापाको निर्वाचन क्षेत्र काठमाडौं क्षेत्रमा पर्दछ । महामन्त्री थापाका स्वकीय सचिव शैलेश सिटौलाका अनुसार महामन्त्री थापाले मतदान गर्ने समय भने तय भएको छैन ।