उत्तरी गोरखाबाट लेक लागेका २ विदेशीको हेलिकप्टर उद्धार

१३ कात्तिक, गोरखा । उत्तरी गोरखामा लेक लागेर बिरामी भएका दुई विदेशी पर्यटकको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । अमेरिकी नागरिक इरिक कोनेल ओलरज र स्वीटजरल्याण्डका नागरिक सोल्भे सोफिया सिह्यूलको सोमवार बिहान एल्टिच्यूड एयरको हेलिकप्टरमार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बताए । उनका अनुसार चुमनुब्री गाउँपालिका वडा नम्वर ६ रिप्चेतस्थित लुम्जेन गुम्बा पुगेपछि […]