तीनवटै सुरक्षा निकायले ब्यारेक र कार्यालयमा अत्यावश्यक कामबाहेकका बाहिरी मानिससँग भेटघाट बन्द गरेका छन् । सुरक्षा निकायमा कार्यरत अधिकृत तथा जवानमा कोरोना संक्रमण देखिएपछि सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले कार्यालय र ब्यारेकमा अत्यावश्यकबाहेक सबै भेटघाट र सम्पर्क स्थगित गरेका हुन् ।