पूर्वबक्सिङ खेलाडी सुशीलको आँट: एक वर्ष नपुग्दै ठडियो रंगशाला

पाँच वर्षभित्र निर्माण सकाउने भनिएको अलपत्र गौरीटार रंगशालाबाट करिब ४ किलोमिटरको दूरीमा हेटौँडातर्फ क्याम्पाडाँडामा भने रंगशाला निर्माण भइसक्यो । हेटौँडाका चर्चित पूर्वबक्सिङ खेलाडी सुशील घिमिरेले एक वर्षमै क्याम्पा रंगशाला ठड्याएका छन् ।