काठमाडौँ– विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का निर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस नेपाल भ्रमणमा आउने भएका छन्। स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा उनी नेपाल भ्रमणका लागि आउन लागेका हुन्। उनी अप्रिल २१ देखि २३ सम्म नेपालमा रहने छन्। भ्रमणका क्रममा टेड्रोसले राष्ट्रपति विद्यादेवि भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई भेटघाट गर्ने कार्यतालिका रहेको छ। […]