राष्ट्रपतिको निर्वाचन कार्यतालिका सार्वजनिक गर्न छलफलमा आयोग

काठमाडौं । राष्ट्रपति निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने निर्वाचन आयोग छलफलमा जुटेको छ। निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गर्न अहिले आयोग पदाधिकारीहरूको बैठक बसिरहेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए। उनले भने, ‘राष्ट्रपति निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने विषयमा छलफल अहिले भइरहेको छ। केही समयमा निर्णय आउला।,’ राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल  फागुन २८ मा सकिने भएकाले २६ गते गर्ने आयोगले […]

सम्बन्धित सामग्री

आज राष्ट्रपतिको निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने आयोगको तयारी

काठमाडौं : निर्वाचन आयोगले आज राष्ट्रपति निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको छ।  आज आयोगले मिति तय गर्नका लागि बैठक बोलाएका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जनाकारी दिए। उनले भने, ‘आज १२ बजे बैठक बोलाएका छौं, बैंठकले मिति टुग्गो लगाउँछौं।’ आजको बैंठकमा चितनव-२ को उपनिर्वाचनका बारेमा पनि छलफल हुनेछ।  निर्वाचनको मिति घोषणासँगै चुनावी कार्यतालिका पनि सार्वजनिक हुने उनको भनाइ छ।  राष्ट्रपतिको निर्वाचन आगामी फागुन २६ गते गर्ने आयोगको तयारी छ।

राष्ट्रपति चयनका लागि पुसभित्रै निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने तयारी

काठमाण्डाै – निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचन कार्यतालिका पुस महिनाभित्रै सार्वजनिक गर्ने तयारी गरेको छ । आयोगले राष्ट्रपति निर्वाचित भएपछि मात्रै उपराष्ट्रपतिको चयनका लागि प्रकृया सुरु हुने समेत जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले राष्ट्रपतिको पदावधि पूरा हुनुभन्दा एक महिनाअघि नै चुनावको मिति तोक्नुपर्ने कानुनी व्यवस्था अनुसार मिति तोकेर पुस महिनाभित्र निर्वाचन कार्यक्रम सार्वजनिक गरिने जानकारी दिनुभयो । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी गएको २०७४ साल फागुन २९ गते दोस्रो कार्यकालका...

राष्ट्रपति निर्वाचन कार्यतालिका सार्वजनिक

आगामी फागुन २९ गते हुने राष्ट्रपति निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरभित्रै बिहिबारबाट राष्ट्रपति निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो। नयाँ संवैधानिक व्यवस्था अनुसार राष्ट्रपतिको निर्वाचन सम्पन्न गराउन निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको निर्वाचन अधिकृत पाटन उच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठले जानकारी दिए। राष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले…